स्थानीय तहमा कानुन निर्माण हुदा पर्याप्त ध्यान पुगेको देखिदैन मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहमा कानुन निर्माण हुदा पर्याप्त ध्यान नपुगेको बताएका छन ।
स्थानीय निकाय समेत संघ र प्रदेश जस्तै सरकारको रुप भएकोले विधि र प्रक्रियागत रुपमा कानुनहरु बन्नुपर्ने मुख्यमन्त्रीको भनाई छ । स्थानीय निकायका पदाधिकारी र कर्मचारीका लागि कानुन निर्माण सम्वन्धी पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङ अबको दिनमा कानुन बनाउदा यसको प्रक्रियामा ख्याल पु¥याउन आग्रह समेत गरे ।
“स्थानीय तहमा सम्वन्धित क्षेत्रका समिति बनाएर त्यसलाई विधियकको रुपमा कार्यपालिकाबाट पारित गराएर गाउ या नगरसभामा लानुप¥यो, त्यहा लामो छलफलबाट पारित गराउनुप¥यो” उनले भने “तपाईहरुको मन्त्रीपरिषद भनेको कार्यपालिका हो भने संसद भनेको गाउ या नगरसभा हो ।”
उनले संसदीय शासन प्रणालीको विधि प्रक्रिया नै यही भएकोले यसले सवैलाई ध्यान पु¥याउन आग्रह पनि गरे । उनले यसरी कानुन निर्माण गर्दा संघ र प्रदेशको कानुनलाई ख्याल गर्नुपर्ने समेत बताए । “तपाइले बनाएका कानुन संघ र प्रदेशको कानुनसंग बाझिए भने स्वत खारेज हुन्छ” उनले थपे “त्यसैले प्रदेश र संघसंग बाझिने गरि कानुन बनाउन भएन ।” संघीय शासन प्रणालीका कारण स्थानीय तह र प्रदेशले पाएको अधिकार सही सदुपयोग गरेर यो प्रणालीको औचित्य पुष्टि गर्ने जिम्मेवारी समेत जनप्रतिििनधिसंग रहेको उनले बताए ।
उनले एकीकृत विकासको अवधारणा आधारमा अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताउदै तीनै तहका सरकारको लक्ष्य र उदेश्यवीच तारतादम्य हुनुपर्ने समेत बताए । कार्यक्रमा बोल्दै प्रदेश सभामुख नेत्रनाथ अधिकारीले स्थानीय तहमा चेक एण्ड ब्यालेन्स गर्ने सवै निकाय एकै ठाउ भएकोले स्थानीय न्याय समितिले यसमा ख्याल पु¥याउनुपर्ने बताए ।
उच्च अदालत पोखराको प्रमुख न्यायधीश यज्ञ प्रसाद बस्यालले स्थानीय तहले राजनितिक आस्थाको आधारमा न्याय दिन नहुने बताए । गण्डकी प्रदेशका मुख्य न्याधिवक्ता राजेन्द्र घिमिरेले अहिलेसम्म संघीयताका कारण प्राप्त उपलब्धिलाई स्थानीय तहले जनतासम्म पु¥याउन सक्नुपर्ने बताए । प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी र कर्मचारीका लागि गरिएको तालिम ४ दिनसम्म चल्नेछ ।
आजको खबर
तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्धारा शैक्षिकसत्र २०८१ को लागि “तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम’ यही असोज ३ गते, बिहीबार पोखरा फिर्केस्थित पोखरा इन्जिनियरिङ कलेजको सभाहलमा सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
तमु साँस्कृतिक प्रतिष्ठानद्धारा छात्रवृत्ति वितरण
४ आश्विन २०८१, शुक्रबार ११:४४
Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3
Written by Abigail73 2024-06-04 19:17:39
Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно
Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно
Written by Clarissa1170 2024-06-04 19:57:36