ताजा खबर

स्याङजाको फेदीखोला गाउँपालिकामा नमुना कागती गाउँ अभियान सुरु

   ५ असार २०७६, बिहीबार १०:१८      1,591 views

निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गर्ने अभियान लिएको स्याङ्जाको फेदीखोला गाउँपालिकाले वडा नं. २ खहरेलाई नमुना कागती गाउँको रुपमा विकास गर्ने भएको छ ।

गाउँपालिकाको युवा उद्यम कार्यक्रममा छानिएको जनजागृत युवा समुहले उक्त गाउँमा १ हजार २ सय बढी कागती उत्पादन गर्ने लक्ष्य राखेको छ ।


स्थानीय बजारदेखि देशैभर कागतीको माग बढ्दै गएको हुँदा आफूहरुले व्यवसायिक कागती खेती सुरु गरिएको युवा समुहकी अध्यक्ष पार्वत अधिकारीले जानकारी दिइन् । २ बर्षभित्र आफूहरुले यस क्षेत्रलाई कागती पकेट क्षेत्र बनाउने उद्देश्य रहेको बताउँदै अध्यक्ष अधिकारीले गाउँपालिकाको सहयोगले झन हौसला प्रदान गरिएको थियो ।

गाउँपालिकाको युवा उद्यम कार्यक्रम अन्र्तगत यस समुहले उद्यमका लागि बिना व्याज ५ लाख रुपैया ऋण पाएको छ । समुहका अनुसारमा गाउँपालिकाभित्र मात्र दैनिक १० केजी बढीको माग रहेको छ ।


कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सिता सुन्दासले अन्य स्थानीय निकाय भन्दा फेदीखोला गाउँपालिकाले कृषिको क्षेत्रमा गरेको गतिविधी उल्लेखनिय रहेको बताइन् । फेदीखोलाले जसरी नै अन्य गाउँपालिकाले कृषकलाई समेट्न र कृषिको आधुनिकिकरणका लागि नयाँ नयाँ परियोजना लागु गर्न पर्ने बताए ।


कार्यक्रममा बोल्दै फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाका कृषकहरुले निर्वाहमुखी उत्पादनलाई बदल्दै व्यवसायिक बनेकोमा खुसी व्यक्त गर्दै कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । ‘आँफैलाई मात्र पुग्ने र बचेखुसेको उत्पादनमात्र बिक्री गर्ने मानसिकता परिवर्तन गर्नुहोस् ।’

कृषकलाई प्रोत्साहन गर्दै अध्यक्ष सुवेदीको भनाई थियो, ‘मेहनत गर्नुस, उत्पादन बढाउनुहोस् ताकि तपाईको उत्पादनको बजारिकरण गर्न मालबहाक ट्रकको व्यवस्था गर्नुपरोस ।’ कृषकका उत्पादनलाई बजारिकरण गर्न बजार र कृषकको करिडोर निर्मााणार्थ गाउँपालिकाको बिशेष सहभागिता रहने आश्वासन अध्यक्ष सुवेदीले दिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284