स्याङ्जाबजारमा चलचित्र दिलसरा भव्य प्रदर्शन, छिट्टै जिल्लाका विभिन्न स्थानमा प्रदर्शनीको तयारी
देश तथ विदेशका विभिन्न ठाउँहरुमा प्रदर्शन भइरहेको चलचित्र दिलसरा शनिबार स्याङ्जाको पुतलीबजारमा पनि भव्य प्रर्दशन भएको छ । नेपाल मगर संघ तथा नेपाल मगर महिला संघ पुतलीबजार नगर समितिको आयोजनामा पुतलीबजारको सिटीहलमा प्रदर्शन गरिएको थियो । चलचित्र हेर्नका लागि पुतलीबजार मात्र नभई गाउँगाउँबाट पनि दर्शकहरु हलसम्म आएका थिए ।

प्रदर्शन अघि आयोजकले स्थानीय कलाकारहरुको मौलिक कौरा र झ्याउरे नृत्य सहित दिलसरा टिम तथा दर्शहरुलाई भब्य स्वागत गरिएको थियो ।
सोंचेभन्दा पनि बढी दर्शकको उपस्थिति भएपछि आयोजक खुसी देखिन्थे भने निर्माण टिममा पनि हौसला थपिएको देखिन्थे ।
मगर समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक जस्ता बुहआयामिक पक्षलाई समेटेर निर्माण गरिएको भएता पनि समग्र नेपाली महिलाहरुले भोग्नुपरेको यथार्थ भोगाईलाई चलचित्रमा दर्शाइएको हुनाले मगरमात्र नभइ सबै समुदायका दर्शकहरुले पनि चलचित्र उत्कृष्ठ रहेको प्रतिक्रिया दिएका छन् ।

पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले विभिन्न समुदायका भाषा संस्कार र संस्कृतिले देशको पहिचान झल्किने हुनाले यसलाई बचाइराख्न राज्यका हरेक निकायदेखि सम्बिन्धित समुदायको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउनु भयो । यसैको एउटा पाटो चलचित्र निर्माण पनि भएकाले यस्ता खालका चलचित्र धेरै भन्दा धेरै निमार्ण हुनुपर्नेमा जोड दिए ।
नेपाल मगर संघ स्याङ्जाका उपाध्यक्ष लक्ष्मी थापा मगरले चलचित्र सोचेभन्दा राम्रो र हरेक पक्षबाट उत्कृष्ठ रहेको बताउँदै चलचित्रको कथाले आपूmलाई पटक पटक रुवाएको प्रतिक्रिया दिइन् । सबै समुदाय र सबै उमेर समुहले एक पटक हेर्ने पर्ने सन्देशमुलक चलचित्र रहेकोले अव स्याङ्जा जिल्लाको हरेक ठाउँ र पालिकाहरुमा प्रदर्शन गर्ने पनि उनले बताइन् ।
दिलसरालाई मगर समुदायले मात्र नभई सबै वर्ग र समुदायका दर्शकहरुले अपनत्व ग्रहण गरेको र सन्देशमुलक रहेकोले यो चलचित्र महत्वपूर्ण सांस्कृतिक दस्तावेजको रुपमा रहने नेपाल मगर संघ पुतलीबजारका अध्यक्ष भिम राना मगरले बताए ।
यसैगरी महिला संघ नगर समितिका अध्यक्ष चन्द्रकला राना मगरले हरेक महिलाको कथा व्यथा दिलसरा चलचित्रले दर्शाएको र संर्घसरत महिलालाई हिम्मतका साथ अगाडि बढ्ने साहस दिएको प्रतिक्रिया दिइन् । पटक पटक मुटु भक्कानिने दृश्यले आफूलाई सम्हाल्न नसकेको पनि उनले बताइन् ।
चलचित्र हेरिरहँदा दर्शकहरुमा कहिले हासोले हल नै गुञ्जिन्थ्यो भने कहिले भावुकताले हल नै सन्नाटा छाउँथ्यो । दिलसरा चलचित्र हेरिसकेपछि वयस्कदेखि बृद्धासम्मको दर्शकहरुले आआफ्नै तर्कसहितको सकारात्मक प्रतिक्रिया दिएका थिए ।
नारी कथामा आधारित चलचित्र ‘दिलसरा’को यस अगाडि पोखराको विभिन्न ठाउँ, बुटवल, पाल्पा, तनहुँको विभिन्न स्थामा र बेलायतको विभिन्न शहरहरुमा प्रदर्शन भइसकेको छ भने अन्य स्थानहरुमा प्रदर्शनको क्रममा रहेको निर्माण टिमले जनाएको छ ।
मेनेको फिल्म्स एण्ड मिडिया हाउसको व्यानरमा निर्मित चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् । चलचित्रको कार्यकारी निर्माता मेजर प्रेम थापा मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा रहेका छन् ।
चलचित्रको कथा जुना थापा मगर, पटकथा मीना थापा मगरले लेखेका हुन् भने चलचित्रमा सृष्टि राना मगर, कल्याण राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), गुना थापा मगर, भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय गरेका छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38