ताजा खबर

स्रष्टाको सम्मान र लोक संगीतको प्रवर्द्धनका लागि “कृष्ण थापा एकल साँझ” गर्न लागेका हौं – सरिता सारु मगर

   ५ पुष २०८१, शुक्रबार १०:२९      120 views

मिना थापा मगर, पोखरा

नेपाल मगर संस्कृतिक संघ कास्कीको आयोजनामा यही पौष ६ गते शनिबार पोखरा सभागृहमा लोक गायक कृष्ण थापा मगरको ‘एकल सांगीतिक साँझ –२०८१’ हुन गइरहेको छ । वि.सं. २०४५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थापाले अहिलेसम्म जम्मा २५० वटा गीतमा स्वर दिएका छन् । विशेष गरी पुराना र मौलिक लोकभाका बढी गाउन रुचाउने थापाका थुप्रै गीतहरु चर्चित छन् । “सारङ्गीको तार, मायालाई नदेख्दा दिउँसै अन्धकार”, “जुनी जुनीलाई, बिर्सनै गाह्रो भो टाढा हुनीलाई”, “सुखीमाया नरोऊ धर्केर”, “पात खस्यो पिर्का झैं”, “पोखरामा गेट” गीत निकै लोकप्रिय छन् । यो सँगै उहाँले कौह्रा, झ्याउरे गाउनुको साथै मगर भाषामा पनि थुप्रै गीतहरु गाउनुभएको छ । उनै लोकप्रिय गायक कष्ण थापाको एकल साँझको तयारीको बारेमा नेपाल मगर सांस्कृतिक संघ कास्कीका अध्यक्ष सरिता सारु मगरसँग गरिएको कुराकानी ः


कृष्ण थापा मगर एकल साँझ गर्नुको उद्देश्य बताइदिनुस् न ?
– स्रष्टाको सम्मान र लोक गीत संगीतको प्रबद्र्धनका लागि हामीले यो एकल साँझ गर्न लागेका हौं ।


श्रष्टा साम्मानको लागि एकल साँझ नै किन गर्नुपर्यो ? स्रष्टालाई सम्मान गर्न अरु कुनै विशेष कार्यक्रम पनि त गर्न सकिन्थ्यो होला नि ?
– धेरैको जिज्ञासा यही छ कि, यो कुरा मैले खोल्नै पर्छ । एकल साँझ नै किन गरियो त भन्दा अग्रज तर पछाडि परेका कलाकारलाई हौसला दिन र उहाँले अहिलेसम्म यो क्षेत्रमा दिनुभएको योगदानलाई सबै सामु पुनः देखाउने अवसर होस् भनेर हामीले एकल साँझ गर्न लागेका हौं ।


यो कार्यक्रम गर्ने आँट कसरी आयो ?
– हामीले विगतका दिनहरुमा पनि ठुलाठुला कार्यक्रमहरु गर्दै आएका छौं । विगतका कामहरुबाट पनि अनुभाव लिँदै थप अझै केही गर्नुपर्छ भन्ने सोँचका साथ यो कार्यक्रम गर्न आँटेका छौं । फरक यति हो कि एकल साँझ भनेपछि गीत अनुसार प्रत्यक्ष बाद्याबाधनको प्रयोग गर्नुपर्ने भएकोले अलि खर्च बढी लाग्ने हुन्छ । त्यसको लागि अलि बढी हामीले मेहनत गर्नुपर्ने हुन्छ ।

त्यसको लागि आर्थिक व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
– केही संघसंस्थाहरुबाट हामीलाई हौसला स्वरुप सहयोग पनि आएको छ भने मगर संघ कास्कीमा आबद्ध भएका इकाइ तथा भातृसंस्थाहरु सँग समन्वय गरेर टिकट परिचालन पनि गरेका छौं ।


यसरी हेर्दा मगर समुदायबाट सहभागिता त होला, त्यसभन्दा बाहिर अन्य समुदायका दर्शकको उपस्थितिलाई कसरी हेर्नुभएको छ ?
– हाम्रो यो कार्यक्रम मगर समुदायको लागि मात्र होइन अन्य समुदाय सँग पनि समन्वय गरेका छौं । अर्कोतर्फ गाएक कृष्ण थापा एउटा समुदायको मात्र कलाकार नभई राष्ट्रकै कलाकार हुन् । त्यसैले उहाँलाई होसला दिन र उहाँको आवाज सुन्न जो कोही पनि आउन सक्नुहुन्छ ।


दर्शकको उपस्थितिको अनुमान कति गर्नुभएको छ ?
– नेपाल मगर सांस्कृतिक संघ कास्कीले पहिलेदेखि नै विभिन्न कार्यक्रमहरु गरेर धेरै भन्दा धेरै दर्शकको मन जितेको हुनाले हामीलाई दर्शकहरुले चिनिसकेको छ, त्यसैले दर्शकको अभाव हुँदैन जस्तो लाग्छ । पन्ध्र सय देखि सोह्र सयसम्म दर्शकको उपस्थिति हुने अनुमान गरेको छु ।


त्यति धेरै दर्शक आउने आधार के छ ?
– किन कि हामीले यो भन्दा अगाडि पहिलो मगर सांस्कृति उत्सव, दोस्रो सांस्कृतिक उत्सव र अग्रज स्रष्टा खड्ग गर्बुजा एकल साँझ गर्दा दर्शकको उपस्थितिले हल भरिएको थियो । त्यसैको आधारमा पनि अनुमान गर्न सकिन्छ कि यो कार्यक्रममा पनि दर्शकको उपस्थित उल्लेख्य रहने छ ।


कार्यक्रमको तयारी कस्तो छ ?
– कार्यक्रमको तयारी व्यापक रुपमा भइरहेको छ । कार्यक्रम सम्पन्न गर्नको लागि समितिका सम्पूर्ण साथीहरुलाई कार्य विभाजन गरेर जिम्मा दिएका छौं । उहाँहरुले त्यही अनुसार काम गरिरहनु भएको छ ।


एकल साँझ भनेपछि जसको एकल साँझ हो उहाँले मात्र गीत प्रस्तुत गर्ने भन्ने बुझिन्छ । तपाईहरुले अन्य कलाकारहरुलाई पनि तयारी गरिरहनु भएको छ यो किन आवश्यक छ ?
– हो एकल साँझ भनेको नै एउटा स्रष्टाको मात्र गीत प्रस्तुत गर्ने मञ्च हो । तर उहाँले त धेरै लोक तथा दोहोरी गीतहरु गाइसक्नुभएको छ । उहाँले गाउनुभएका गीतमा उहाँकै आवाज हुन्छ तर महिला भोकलको लागि त महिला नै चाहिन्छ । त्यसैले उहाँले गाउनुभएका दोहोरी गीतहरुमा महिलाको आवाज तयार गर्नुपर्ने हुन्छ । त्यसको लािग हामीले पोखराकै स्थानीय कलाकारहरुलाई तयारी अवस्थामा राखेका छौं ।

एकल साँझमा कति वटा गीत प्रस्तुत हुने छन् ?
– उहाँले थुप्रै गीत गाउनुभएको छ । तर समयलाई मध्यनजर गर्दै दिउँसो १ बजे देखि साँझ ५ बजेसम्म जम्माजम्मी १७ वटा गीत प्रस्तुत हुने छन् ।


अन्तमा केही भन्नु छ ?
– हामीले यो कार्यक्रम गर्ने आँट र साहस लिएर आगाडि बढिरहेका छौं । तपाईहरुको उपस्थितिले हामीलाई थप हौसला र प्रेरणा मिल्ने छ । त्यसैले कृष्ण थापा मगरको एकल साँझ अवलोकन गरेर शोभा बढाइदिनुहुन म सम्पूर्ण पोखराबासी बुबा आमा, दाजुभाई दिदीबहिनी लगात सम्पूर्ण लोक गीत संगीत प्रेमी महानुभहावहरुमा विनम्र अनुरोध गर्दछु ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284