ताजा खबर

स्व.चन्द्रमाया गुरुङको ४९ दिनको पुण्य तिथिमा तमु धि युके आमा समुहबाट दुई लाख १८ हजार सहयोग

   १२ माघ २०७७, सोमबार १८:३४      1,147 views

तमु धि यूके का संस्थापक अध्यक्ष वरिष्ठ समाजसेवी मिनप्रसाद गुरुङकी धर्मपत्नी एवम् तमु धि युके आमा समुहकी अभिभावक चन्द्रमाया गुरुङको ४९ दिनको पुण्य तिथिको अवसरमा आर्थिक सहयोग प्राप्त भएको छ ।

तमु धि युके आमा समुहकी अध्यक्ष सीता गुरुङको पहलमा संकलन गरिएको २ लाख १८ हजार ६ सय ८२ रुपैयाँ आज रामघाट पोखरा स्थित बौद्ध अर्घौ सदनमा आयोजना गरिएको ४९औ दिनको पूजा कार्यक्रममा प्रदान गरिएको छ ।

प्रदान गरिएको रकम मध्ये एक लाख अनाथ आश्रम मुस्कान सेवा नेपाललाई प्रदान गरिने छ भने एक लाख क्यान्सर पिडित दुई जनालाई र बाँकÞी १८ हजार ६ सय ८२ बौद्ध अर्घौ सदन पोखरा गुम्बाका विद्यार्थीहरुको अक्षय कोषमा रहने गरि प्रदान गरिएको छ ।

यसैबीच तमू धीं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले सोहि रकममा आफनो व्यक्तिगत रुपमा रकम थप गरेर १ जना क्यान्सर पिडितलाई ५० हजार र बौद्ध अर्घौ सदन पोखराका विद्यार्थीहरुको अक्षयकोषमा ५० हजार प्रदान गर्नुभएको छ ।

यो सँगै ३ जना क्यान्सर पिडितलाई सहयोग पुगेको छ भने गुम्बाका विद्यार्थीहरुको अक्षयकोषमा जम्मा ६८ हजार ६ सय ८२ रुपैंयाँ प्रदान गरिएको छ ।


आज बौद्ध अर्घौ सदनमा आयोजित कार्यक्रममा तमु धि युके आमा समुहकी सल्लाहकार लक्ष्मी गुरुङले सो रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा पोखराका तमू संघ संस्थाका अगुवाहरुको उपस्थिती रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284