स्व. हेम बहादुर पुन मगरको २०औं स्मृति दिवस सम्पन्न
नेपाल मगर संघका संस्थापक स्व. हेम बहादुर पुन मगरको २०औं स्मृति दिवस सम्पन्न भएको छ । नेपाल मगर संघ कास्की तथा हेम बहादुर पुन मगर स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा संघको आफ्नै भवन रंगशालामा स्मृति दिवस मनाए ।

स्मृति सभाका प्रमुख अतिथि गण्डकी प्रदेशका उपसभामुखि बिना कुमारी थापा मगरले हेम बहादुर पुन मगर मगर समुदायको मात्र नभई एक राष्ट्रसेवक भएर देशकै गरिमालाई उचाइमा पुर्याउने ऐतिहासिक व्यक्ति भएकाले मगरले मात्र नभई राष्ट्रले नै सम्झिनु पर्ने बताउनुभयो । प्रतिष्ठानलाई स्थापित गर्नको लागि सबैको साथ र सहयोगको खाँचो रहेकोले आफूले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हेम बहादुर पुन स्मृति प्रतिष्ठान नेपालका संरक्षक एवं पुनका छोरा पूर्व मन्त्री उत्तम पुन मगरले सम्पूर्ण मगरहरु एक ढिक्का भएर लाग्न अनुरोध गर्दै फुटेर होइन जुटेर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “हाम्रो समुदायलाई कमजोर बनाउन केही तत्वहरु लागि परेका छन्, तर हामी कुनै हालतमा पनि कमजोर बन्नु हुँदैन, त्यसैले समुदायलाई एकताबद्ध बनाएर अगाडि बढ्नको लागि नै प्रतिष्ठान स्थापना गरेका हौं ।”

कार्यक्रममा पुन मगर समाजका केन्द्रिय अध्यक्ष हर्क बहादुर पुन मगर, नेपाल मगर संघ केन्द्रिय समितिका उपमहासचिव खेम पुन मगर, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापा मगर लगायतले स्व. हेम बहादर पुन मगरको योगदानको प्रसंशा गरेका थिए ।
बेलायत आर्मीबाट अवकाश लिएर नेपाल प्रहरीको निरीक्षक सम्म हुनुभएका स्व. हेमबहादुर पुन मगरले सम्पूर्ण मगरहरुलाई एकताबद्ध बनाउन २०३८ सालमा लाङ्घाली परिवार संघ स्थापना गरे ।
कार्यक्रममा स्व. हेम बहादुर पुन मगरको योगदानका र जिवनीसँग सम्बन्धित पुस्तक ‘ज्युँदो इतिहास’ का लेखक बालकृष्ण काउछा मगरलाई सम्मान गरिएको थियो । प्रतिष्ठानका महासचिव मेजन पुन मगरले स्व. हेम बहादुरको जीवनकी प्रस्तुत गरेका थिए ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापा मगरले स्वागत मन्तव्य राख्दै “हेम बहादुर पुन मगरले गरेको योगदानले नै हामी यो अवस्थामा आइपुगेको बताउँदै आज उहाँले गरेको त्यागको मुल्य हामीले तिर्नुपर्छ भन्नुभयो ।”
प्रतिष्ठानका अध्यक्ष संगिता पुन मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल मगर संघ कास्कीका सचिव लाल बहादुर राना मगरले गरेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38