ताजा खबर

हङकङका त्रिलोक गुरुङले तमू साँस्कृतिक प्रतिष्ठानलाई २ लाख ५० हजार दान गरे

   १८ पुष २०७५, बुधबार २१:२२      3,118 views

लमजुङको करापु स्थायी घर भई हाल हङकङ निवासी युवा समाजसेवी यामकुमार गुरुङ (त्रिलोक)ले तमू साँस्कृतिक प्रतिष्ठान नेपालको छात्रवृत्ति अक्षयकोषमा २ लाख ५० हजार रुपैंया प्रदान गर्नुभएको छ ।

आज पोखरामा भएको एक कार्यक्रममा उहाँले आफना बाबा र आमाको नामबाट सो छात्रवृत्ति प्रदान गर्ने गरि रकम प्रदान गर्नुभएको हो । गैर आवासिय नेपाली संघ एनआरएनए हङकङका पुर्व अध्यक्ष तथा एनआरएनएकै एसिया प्यासिफिक क्षेत्रको पुर्व अध्यक्ष समेत रहनुभएका गुरुङले डा.शेष घले एनआरएनएको केन्द्रिय अध्यक्ष हुँदा ४ वर्षसम्म केन्द्रिय समितिको सल्लाहकारमा रहेर डा.घलेको योजना कार्यन्वयनमा महत्वपूर्ण भूमिका निवार्ह गरि अन्तराष्ट्रिय नेपाली माझ चिरपरिचित भइसक्नुभएको छ ।

आज श्रीमती र स–परिवार सहित कार्यक्रममा उपस्थित हुनुभएका गुरुङले समाजसेवा आफनो रुचिको पाटो भएको भन्दै आफनो बाबा हिमाली गुरुङ परिवारका संस्थापक अध्यक्ष मेजर अमरबहादुर गुरुङ र बेलायत निवासी एकेन्द्र गुरुङको प्रेरणाले आपूm समाजसेवामा लागेको बताउनुभयो ।

यो सहयोग अन्त नभई शुरुवात भएको भन्दै आउने दिनमा पनि यस्तै खालको सहयोग गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा एनआरएनए युकेका पुर्व अध्यक्ष तथा समाजसेवी मेजर डम्मर घलेले तमू साँस्कृतिक प्रतिष्ठानको पवित्रा उद्देश्यबाट आफू प्रभावित भएकोले डा.शेष घले र त्रिलोक गुरुङ लगायतको व्यक्तित्वहरुलाई आपूmले प्रतिष्ठानको कदममा ईट्टा थप्नको निम्ती आवहान गरेको बताउनुभयो ।


सहयोग रकम ग्रहण गरेपछि तमू साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी गुरुङले केहि व्यक्तिहरु र थोरै रकमबाट शुरुभएको तमू साँस्कृतिक प्रतिष्ठानको अभियानलाई पक्षायउदै अहिले देश विदेशमा प्रतिष्ठानको सहयोगि दाताहरु थुप्रै सङख्यमा बढेकोमा आपूmहरु थप उत्साहित भएको बताउनुभयो ।

अहिले तमू साँस्कृतिक प्रतिष्ठानको पहलमा नेपालका कास्की, लमजुङ, गोर्खा, रोल्पा, ताप्लेजुङ लगायतको ठाउँबाट ८१ जना गरिव तथा जेहेन्दार तमूहरुले अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।

२०५८ सालमा स्थापना भएको सो संस्था नेपालका ग्रामिण भेगमा केन्द्रित भई शैक्षिक क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284