ताजा खबर

हङकङको नेपाली रेष्टुरेन्टमा भीषण आगलागी, ७ जना नेपालीको मृत्यु

   १ मंसिर २०७७, सोमबार १०:४५      1,290 views

जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेण्टमा आइतवार साँझ भएको आगलागीमा ७ जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ९ वर्षको बालकसहित चार पुरुष र तीन महिला रहेका छन् । त्यहाँ स्थित एचके नेपाली डटकमका अनुसार मृत्यु हुनेहरुमा ९ वर्षीय रायन, ३८ वर्षीय युवाराज कंडेल, ३९ वर्षीय शेर गुरुङ, ४० वर्षीय राम बाबु, नाम नखुलेका अन्दाजी २० वर्षीया महिला, ३० वर्षीया अनिता निम्ला र ४० वर्षीया विनिला तामाङ रहेका छन् ।

घटनामा १८ जना घाइते भएका छन्। घाइते ७ जनाको अवस्था नाजुक र २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।


नेपालीको एक समूहले बर्थ डे पार्टी मनाई रहँदा आगलागी भएको बताइए पनि आगलागीको कारण भने खुल्न सकेको छैन । एक पुरुष झ्यालबाट हाम्फालेर र अन्य तीन जनाले भागेर ज्यान जोगाएका छन् । घाइतेहरु अधिकांश नेपाली छन् ।


घाइतेहरुलाई क्यारिटास मेडिकल सेन्टर, क्वीन एलिजाबेथ र प्रिन्स मार्गरेट अस्पतालमा लगिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार आगलागी जिरे खुर्सानी नाम गरेको नेपालीद्वारा संचालित रेष्टुरेण्टमा भएको हो । करीव ८ः३५ बजे शुरु भएको आगलागी नियन्त्रण गर्न २ घण्टाभन्दा बढी समय लागेको थियो ।
आगो द्रुत रूपमा फैलिदै गएपछि धेरै पटक विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीले बताए ।

आ–आफ्नो अपार्टमेन्टमा फसेकाहरुले झ्यालबाट बाहिर निस्केर सहयोगको लागि कराइरहेका थिए । फायरफाइटर र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।


हङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । लामले सम्बन्धित विभागहरुलाई बचेकाहरूलाई मद्दत गर्न र आगलागीको कारण पत्ता लगाउन निर्देशन दिएकी छन् ।


हङकङमा यसलाई दशककै सबैभन्दा घातक आगलागीको घटना मानिएको छ। सन् २०११ मा पनि मङ कोकको फा यून स्ट्रिटमा आगलागी हुँदा ९ जनाको मृत्यु र ३४ जना घाइते भएका थिए । यो १५ वर्षमा शहरको सबैभन्दा खतरनाक आगलागी थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284