ताजा खबर

हङकङमा आन्दोलनबारे गलत सूचना प्रवाह भएको भन्दै फेसबुक र ट्वीटरका सयौं एकाउन्ट बन्द

   ३ भाद्र २०७६, मंगलवार ०९:०२      1,135 views

हङकङमा जारी सरकार विरोधी आन्दोलनबारे गलत सूचना प्रवाह गरेको आशंकामा फेसबुक र ट्वीटरले सयौं अकाउण्ट बन्द गरिदिएको छ ।

आन्दोलनकारीलाई भ्रममा पार्न चीन सरकार निटक स्रोतहरुले अफवाह फैलाएको भन्दै त्यस्ता अकाउण्ट बन्द गरिएको फेसबुक र ट्वीटरले जनाएका छन् ।

ट्वीटरले चीनबाट सञ्चालित सयौं अकाउण्टमा हङकङ आन्दोलनबारे गलत सूचना प्रवाह गरेको प्रमाण भेटेको भन्दै ९ सय ३६ वटा अकाउण्ट बन्द गरिदिएको हो ।

ट्वीटरको यो कदमपछि फेसबुकले पनि त्यसबारे छानबिन गरेको जनाएको छ ।

फेसबुकले सात वटा पेज, तीन वटा फेसबुक च्याट समुह र पाँच वटा अकाउण्ट बन्द गरेको बिबिसीले जनाएको छ ।

आन्दोलन मत्थर पार्न चिनियाँ स्रोतहरुले सामाजिक सञ्जाललाई गुमराहमा राख्न खोजेको निष्कर्ष ट्वीटर र फेसबुकले निकालेका हुन् ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284