ताजा खबर

हङकङमा ‘सुपुर्दगी’ कानुनको विरोध गर्ने प्रदर्शनकारीमाथि प्रहरीद्वारा रबरको गोली प्रहार

   ३० जेष्ठ २०७६, बिहीबार ०९:११      2,084 views

हङकङमा सुपुर्दगी कानुन संशोधनको विरोधमा भएकाे प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेको छ । प्रहरीले प्रदर्शनकारीहरुको भिड तितर बितर गर्नको लागि अश्रुग्याँस पनि बर्साएको छ ।

बुधबार अनुहार ढाकेर आएर प्रदर्शनकारीहरुले सरकारी भवन जाने मुख्य बाटो बन्द गर्दै सरकारी भवन घेर्न सुरु गरेका थिए । प्रदर्शनकारीहरुले शहरको मुख्य सडक जाम गर्दै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । 

सरकारको नयाँ सुपुर्दगी कानुनका अनुसार, अपराधीमाथि मुद्दा चलाउनका लागि उनीहरुलाई चीन पठाउनुपर्ने हुन्छ । 

प्रदर्शनका क्रममा विधान परिषदमा पनि यो कानुनमाथि दोहोर्‍याएर चर्चा हुन पाएन । प्रदर्शनकारीहरुले गएको आइतबार १० लाख मानिसहरुले सडकमा आएर प्रत्यार्पण कानुनको विरोध गरेको बताएका छन् । 

प्रहरीले आन्दोलनमा झण्डै साढे दुई लाख मानिसहरु भएकाे बताए । 

सरकारले भने व्यापक विरोधको बाबजुद पनि कानुनलाई अघि बढाउने बताएको छ । स्थानीय सञ्चारमाध्यममा आएको रिपोर्ट अनुसार, आगामी २० जुन मा चीन समर्थक विधायिका परिषदको बैठक हुनेछ र यो कानुन पारित हुने विश्वास लिइएको छ । 

बुधबार पारिषदको भवनलाई प्रदर्शनकारीहरुले घेरेका थिए र त्यस दौरान प्रहरीसँग उनीहरुको भिडन्त भयो । 

प्रहरीको एक बयानमा भनिएको छ, ‘प्रदर्शनकारीहरुको यो तरिका शान्तिपूर्ण प्रदर्शनभन्दा पर गैसकेको छ, हामी बल प्रयोग गरेर हटाउन बाध्य हुनेछौँ ।’

स्थानीय सिंग ताओ डेली खबरका अनुसार, हङकङको प्रशासनिक मुखिया मेथ्यू शेउंगले मुख्य बाटो जाम गर्ने प्रदर्शनकारीहरुलाई तुरुन्त हटाउन माग गरेका थिए । ‘यो कानुन फरार रहेका र गम्भीर अपराधमा संलग्न भएकाहरुमाथि मात्र लागू हुनेछ,’ उनले भने । 

तर प्रदर्शनकारीहरु भने यो कानुन रद्द हुनुपर्ने माग गर्दै आइरहेका छन् । आलोचकहरुका अनुसार, चीनको न्यायिक व्यवस्थामा यातना दिनु, मनोमानीरुपमा बन्दी बनाएर राख्ने र जबर्जस्ती अपराध कबुल गराउनु आम कुरा हो । 

सन् १९९७ मा बेलायती सरकारले हङकङको यो इलाका चीनलाई सुम्पिएको थियो र त्यसपछिको यो सबैभन्दा ठूलो प्रदर्शन हो । 

सन् २००३ मा पनि राष्ट्रिय सुरक्षामाथि ल्याइएको कानुनको विरोधमा प्रदर्शन भएको थियो । त्यस समयमा चीन पछि हटेको थियो । तर अहिले हङकङमाथि बेइजिङको पकड निकै मजबुत छ । 

सन् २०१४ मा लोकतन्त्रको समर्थनमा भएको प्रदर्शनपछि चीनको दबादबा विश्वभरि नै बढेको छ । 

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284