ताजा खबर

हामीले चाहेको प्याकेज होइन, गोरा सरह होःसंयोजक राई

   १२ चैत्र २०७५, मंगलवार २०:१९      2,384 views

हुम तमु
सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक युके नेपालका कृष्णबहादुर राइले भूपू गोर्खाहरुको माग प्याकेज घोषणा नभइ, गोरा सरह हो भन्नुभएको छ। भुपू ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले मंगलवार पोखरामा आयोजना गरेको जानकारी सभामा सम्बोधन गर्दै राइले भुपू गोर्खाका लागि ब्रिटिस सरकारले घोषणा गरेको नयाँ गोर्खा प्याकेजको विरोध गर्नुभएको हो।

प्याकेजको नाउमा ३४ प्रतिशत पेन्सन बृद्धिले हामीलाइ भारतीय बनाएको छ, हामीले खोजेको ३४ प्रतिशत होइन गोरा सरह १०० प्रतिशत खोजेका हौं, राइले भन्नुभयो।


हामी माथि ब्रिटिसले पटक पटक अन्याय, प्रोपोगण्डा र लोभलालच देखाइरहेको छ, अब अन्यायका विरुद्ध भूपूहरु लठ्ठी टेकेर मात्रै होइन, ८० वर्षका बृद्धहरुले बन्दुक चलाउन नपरोस भन्ने चेतावनी उहाँको थियो। अबको आन्दोलन गर या मर सम्मको हुनसक्ने उहाँको आक्रोस थियो।

जवसम्म बार्ता समिति बनाएर समस्या समाधान हुदैन आन्दोलन गर्ने बताउनुहुदै नेपाल सरकारले १ जुलाई भित्र वार्ता गरोस भन्ने सुझाव उहाँको थियो। जबसम्म बेलायत सरकारले प्राविधीक समितिको प्रतिवेदन अनुसार घोषणा गर्दै आन्दोलन रोकिदैन, लाखौ जनता सडकमा उतार्ने संयोजक राइको चेतावनी थियो।समानताका लागि जनदबाब सिर्जना गछौं, उक्त आन्दोलन निर्णयक हुनेछ भन्नुहुदै उहाँले आफुले भर्ती रोक्न चाहेको नभई इच्छुक र सबै फिटनेश एवं स्वस्थ्य युवाले भर्ती किन नपाउने उहाँको प्रश्न थियो।

ब्रिटिसलाई चाहिदा गाँउ युवा चोरेर भए पनि साढे दुइ लाख भर्ति गर्ने अहिले एक डेढ सयमा दुनियाँलाई दुख दिनका लागि भर्ती हुन चाहेका युवाले भर्ती नपाए सय, डेढसय युवाले मात्र भर्ति हुनका लागि एजेन्सीको रुपमा विकास भएका ट्रेनिङ सेन्टरहरु बन्द गर्नुपर्ने उहाँको सुझाव थियो।


गोर्खा सत्याग्रह सत्याग्रह संघर्ष समितिले नेपाली नागरिकता निरन्तरताको माग गरेको हो भन्नुहुदै नागरिकता निरन्तरता हुदैन भने भर्ती नै रोक्नुपर्छ गोर्खा अभियन्ता कृष्णबहादुर राइले बताउनुभयो।
हामी भूपू गोर्खाहरु जुनसुकै नामको संस्थामा आवद्ध भए पनि एक हुन आग्रह गर्दै उहाँले न्याय, समानता, राष्ट्रियता र मानअधिकारका लागि आन्दोलित हुन आव्हान गर्नुभयो।


यसरी नै संयोजक राइृले गोर्खा वेलफेयरले डिएनए, भोटिङ लिष्ट, अध्ययन सर्टिफिकेट मागे ठोकिहाल्नुस वा कालोमोसो लगाएर शहर परिक्रमा गराउनुस परेको जिम्मा आफुले लिने बताउनुभयो ।

नजाहिदो कागजपत्र र झण्झट देखाएर दुःख दिनेहरुलाइ किन नगर्ने भन्दै भाञ्जा भाञ्जीहरुलाई ठगी खानेहरुबाट होशियार रहन संयोजक राइको आग्रह थियो। टेक्निकल प्रवक्ता मेजर जुद्धबहादुर गुरुङले लेखिदिनु भएको पत्र मात्रै आधिकारीक हुन्छ, कन्सल्टेन्टको नाउमा १५ लाख, १० लाख, ६ लाख ठगिएका भाञ्जाभाञ्जीहरुलाई सचेत बनाउने कसले ठगेको हो सबै विवरण प्राप्त भए आफुले सहयोग गर्ने उहाँले आश्वासन दिनुभयो। युकेका लागि कागजपत्र बनाउन कुनै कन्सल्टेन्ट कहाँ जानुपर्दैन हामीले भने अनुसार कागजपत्र बनाए भिसा लाग्दछ, उहाँको भनाई थियो।


कार्यक्रमको अध्यक्षतामा समेत गर्नुभएको गोर्खा सत्याग्रह संघर्ष समितिका पश्चिमाञ्चल कमिटीका अध्यक्ष तथा टेक्निकल रिपोर्ट राइटर मेजर जद्धबहादुर गुरुङले टेक्निकल रिपोर्टको बारेमा जानकारी दिनुहुदै चतुर ब्रिटिसले गोर्खालाई झुक्याउन मात्रै खोजेको छ, ३४ प्रतिशत पेन्सन बृद्धि प्रोपोगण्डा भएको बताउनुभयो।


कार्यक्रममा मेजर डिलबहादुर गुरुङले भूपू गोर्खाको न्यायको लडाई जित्नका लागि सबै एकताबद्ध हुनै पर्दछ, हामी साथमा छौं भन्नुभयो।


मेजर डमर घलेले सबै गोर्खा भूपूहरु संयुक्त रुपमा आन्दोलन गर्नकै लागि गठन भएको भुपू ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आन्दोलनमा युकेमा गोर्खाहरुले ब्रिटिस सरकारलाई तक्मा समेत फिर्ता गरेर आन्दोलनलाई नैतिक आन्दोलनको रुपमा विकास गरेको बताउनुभयो।


क्या.पुर्णबहादुर ह्योल्मोले आन्दोलनले प्राप्त गरेको उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धिका लागि आन्दोलित हुनुपर्नेमा जोड दिनुभयो। गोर्खाले पुर्याएको योगदानका लागि ब्रिटिस सरकारले उचित सम्मान नगरी अन्याय गर्नु दुखदायी भएको बताउनुभयो।


सत्याग्रहका केन्द्रीय सदस्य ले.चौबहादुर गुरुङले भूपूहरुको एकतावद्ध संघर्ष आवाश्यक रहेको बताउनुहुदै ब्रिटिसको रणनीति फुटाउ र शासन गरलाई गोर्खा भूपूहरुले राम्ररी बुझ्नुपर्ने उहाँको भनाई थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284