ताजा खबर

हिमाली गुरुङ परिवारको ३४औं स्थापना दिवसको उपलक्ष्यमा ५० जनाले रक्तदान गरे

   ५ श्रावण २०७६, आईतवार १६:५०      2,160 views

हुम तमु
पोखरा महानगरपालिका वडा नं. १२ माटेपानीस्थित हिमाली गुरुङ परिवारमा ५० जनाले रक्तदान गरेकाछन ।

हिमाली गुरुङ परिवारको ३४औं स्थापना दिवसको उपलक्ष्यमा शनिबार समाजघरमा युवा उपसमितिद्वारा आयोजित कार्यक्रममा रक्तदान गरेका हुन ।


कार्यक्रमका प्रमुख अतिथी समाजसेवी अनरेरी ले.मदन बहादुर गुरुङले युवा उपसमिती अध्यक्ष दिपेन्द्र गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उदघाटन गरिएको थियो ।
क्षेत्रीय रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको कार्यक्रममा रक्तदानको महत्व बारे सेवा केन्द्रका प्रमुख ध्रुवमणि लामिछानेले जानकारी दिनुभएको थियो भने प्रमुख अतिथी ले.मदन गुरुङले शुभकामना व्यक्त गर्नु भएको समाजका कावा अध्यक्ष पर्त घलेले जानकारी दिनुभयो ।


युवा उपसमिति द्वारा नियमित वार्षिक रुपमा गरिदै आएको रक्तदान कार्यक्रममा सबैभन्दा भन्दा बढी यसै पटक रक्तदाताहरुले रक्तदान गरेको युवा समिति संयोजक बिजुलीबहादुर गुरुङले बताउनुभयो।कार्यक्रम युवा उपसमिति अध्यक्ष दिपेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284