ताजा खबर

हिमाली साँस्कृतिक परिवारको २३औं वार्षिकोत्सव सम्पन्न

   १५ माघ २०७६, बुधबार २१:०५      1,840 views

नेपाली लोक संस्कृतिको जगेर्णको लागि क्रियाशिला हिमाली साँस्कृतिक परिवार पोखराको २३औं वार्षिकोत्सव समारोह तथा स्रष्टा सम्मान कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रमा नेपाली साहित्य तथा समाजसेवाको माध्यमाबाट देशको विकासमा उच्च योगदान पुरयाएको भन्दै साहित्यिकार तीर्थ श्रेष्ठलाई कदर पत्र र फेटा र फूलमालाद्धारा अभिनन्दन गरिएको छ ।

यस्तै विगत चार दशक भन्दा बढी समयसम्म नेपाली नृत्य क्षेत्रमा निरन्तर योगदान पुरयाएको भन्दै वरिष्ठ नृत्य कलाकार चिजकुमारी गुरुङलाई परिवारका संस्थापक अध्यक्ष रुपेन बाबुको नाममा स्थापना गरिएको रुपेन बाबु स्मृति पुरस्कारबाट नगद १० हजार ताम्रपत्र र फूलमालाले सम्मान गरिएको छ ।

यस्तै परिवारले वार्षिकोत्सवको अवसर पारेर आफनो दुई जना कलाकारलाई वर्षभरि उनीहरुले देखाएको लगनशीलता र मेहेनतको आधारमा नगद ५ हजार र सम्मान पत्र सहित सम्मान गरेको छ । सम्मानित हुने कलाकारमा नृत्य निर्देशक युवराज गुरुङ र कलाकार नितु गुरुङ (ए) रहनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङले नेपाली लोक संस्कृतिको क्षेत्रमा हिमाली साँस्कृतिक परिवारले राज्यले गर्न नसकेको काम गरेर उदहारण बनेको बताउनुभयो ।


नेपाली लोक संस्कृति कसैको पनि निजी पेवा हुननसक्ने भन्दै सबैले गर्ने सृजना र रचना सबैको लागि भएको बताउनुभयो । जबसम्म मानिसले गरेको सृजनाहरु कानुनी रुपमा संरक्षण हुँदैन तबसम्म ती चीजहरुको जर्गेण नहुने उहाँको भनाई रहेको छ ।


अब छिटै कास्कीको ढिकुरपोखरी स्थित पाउदुरकोटमा गण्डकी प्रदेशकै साँस्कृतिक ग्राम स्थापना गर्नका लागि आफूहरु अहिले कानुनी प्रक्रियामा रहेको समेत उहाँले बताउनुभयो ।


कार्यक्रम सम्पन्न गर्नका लागि परिवारलाई रुद्रकुमारी गुरुङ (मैना)ले १ लाख, मञ्जु गुरुङले १ लाख, सु.जसबहादुर गुरुङले १ लाख १ हजार १ सय ११, नारायण गुरुङले ५० हजार, महेन्द्र भुसालले ३० हजार कार्यक्रम स्थलमै परिवारका अध्यक्ष मेनकाजी गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।


परिवारका कलाकारबाट विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा हिमाली साँस्कृतिक परिवारको लागि तयार पारिएको हिमाली गीतको पनि विमोचन गरिएको थियो भने विभिन्न व्यक्तिहरुलाई आजीवन तथा मानार्थ सदस्य प्रदान गरिएको थियो ।


परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव श्रीजंग गुरुङले गर्नुभएको थियो भने उपाध्यक्ष ज्ञानबहादुर थापाले सम्मानित स्रष्टाहरुको परिचय सहित स्वागत मन्तव्य राख्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284