ताजा खबर

हेमजामा आलु महोत्सव सुरु

   २२ चैत्र २०७५, शुक्रबार १९:२१      2,252 views

श्रीभद्र पौडेल

शुक्रवारदेखि दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ सुरु भएको छ ।महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथी गण्डकी प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले माटो र हावापानी सुहाउँदो खेती प्रणालीमा जोड दिए ।

मन्त्री थापामगरले खेतीयोग्य जग्गाको खण्डीकरण रोक्नुपर्ने आवश्यकता औँल्याउँदै कृषि पेश मार्फत नेपालमा आर्थिक क्रान्ति सम्भव भएको भनाई राखे ।उनले हेमजामा आलु चिस्स उद्योग स्थापना गर्न आवश्यक रहेकोमा जोड पनि दिए । संघिय सांसद दुर्गा विकले आलु खेतीसँग हेमजावासीको पहिचान जोडिएको जनाउँदै हेमजावासीले आलुका अवला अन्य कृषि उपजलाई पनि ध्यान दिनुपर्ने बताइन् ।प्रदेश सांसद रामजी बरालले सुखी नेपाली बन्न उत्पादनसँग जोडिनुपर्ने तर्क गर्दै हेमजालाई नमुना सिटीका रुपमा विकास गर्ने खाँचो औँल्याए ।


प्रदेश सांसद बिन्दुकुमार थापाले कृषि पर्यटनको विकासमा जोड दिए ।उनले गण्डकी प्रदेशले पर्यटन, उर्जा ,कृषि, उद्योग र पुर्वाधारको विकासबाट समृद्घि खोजिरहेको पनि जनाएका थिए ।सांसद प्रभा कोइरालाले हेमजालाई आलु क्षेत्र घोषणा गर्नुपर्ने भन्दै हेमजामा कोल्ड स्टोर निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा वडाध्यक्ष शोभाकर तिम्सिना, आलु महोत्सवका संस्थापक धर्मराज बास्तोला, क्लव अध्यक्ष कृष्णबहादुर खड्का लगायतले पनि भनाई राखेका थिए ।सो अवसरमा कलाकार जीवन दाहाल, शंकरविरही गुरुङ, काजल गुरुङ लगायतले प्रस्तुति राखेका थिए ।उद्घाटन कार्यक्रम सुरु हुनुपुर्व स्थानीय मिलनचोक देखि महोत्सव स्थलसम्म झाँकी ¥याली निकालिएको थियो ।


कार्यक्रममा बीच राष्ट्रिय कृषकबाट बर्दियाका कमल गिरीलाई रु. २५ हजार, प्रदेश कृषकबाट तनहुँका चन्द्रकान्त डुम्रे र कास्कीका अनन्तराज जैसीलाई १५÷१५ हजार, स्थानीय कृषकबाट हेमजाका जीवन केसीलाई रु.१० हजार साथमा कृषि बैज्ञानिक डा.भीम खत्री जुम्लालाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।


महोत्सवको पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको भएपनि मौसम प्रतिकुलताका कारण सो भने हुन नसकेको आयोजक विष्णुपादुका क्लवले जनाएको छ ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गरिएको हो ।

महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी ,र्टकीको बिक्रीवितरण तथा प्रदर्शनी लगायत रहेका छन् ।

मूल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्लवका उपाध्यक्ष सुविन श्रेष्ठले स्वागत तथा संचालन मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


The Beatles - легендарная британская рок-группа, сформированная в 1960 году в Ливерпуле. Их музыка стала символом эпохи и оказала огромное влияние на мировую культуру. Среди их лучших песен: "Hey Jude", "Let It Be", "Yesterday", "Come Together", "Here Comes the Sun", "A Day in the Life", "Something", "Eleanor Rigby" и многие другие. Их творчество отличается мелодичностью, глубиной текстов и экспериментами в звуке, что сделало их одной из самых влиятельных групп в истории музыки. Музыка 2024 года слушать онлайн и скачать бесплатно mp3.

Written by Jerry1747 2024-02-12 01:42:09

The Beatles - легендарная британская рок-группа, сформированная в 1960 году в Ливерпуле. Их музыка стала символом эпохи и оказала огромное влияние на мировую культуру. Среди их лучших песен: "Hey Jude", "Let It Be", "Yesterday", "Come Together", "Here Comes the Sun", "A Day in the Life", "Something", "Eleanor Rigby" и многие другие. Их творчество отличается мелодичностью, глубиной текстов и экспериментами в звуке, что сделало их одной из самых влиятельных групп в истории музыки. Музыка 2024 года слушать онлайн и скачать бесплатно mp3.

Written by Catherine4722 2024-02-12 01:40:28

purchasing cialis online purchasing cialis online

Written by purchasing cialis online 2024-02-09 15:38:15
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284