ताजा खबर

हेम्जामा सेभेन ए साइड फुटबल प्रतियोगिता जारी

   १० पुष २०७५, मंगलवार १८:५१      2,473 views

विष्णुपादुका क्लब हेमजाको आयोजनामा सञ्चालन भएको दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगितामा मंगलबार छ खेल सम्पन्न भएको छ । मंगलबार भएको पहिलो खेलमा सेभन एट गाइजले युनिक एफसीलाई ३–० ले पराजित ग¥यो । सेभेन एट गाइजको तर्फबाट सन्तोष गुरुङले दुई र शंकर थापाले एक गोल गरे ।

दोस्रो खेलमा माटेपानी एफसीले याम्दी एफसीलाई २–० ले पराजित ग¥यो । माटोपानी एफसीको तर्फबाट लाउइस गुरुङ र अर्जुन गुरुङले एक÷एक गोल गरे ।
तेस्रो खेलमा संगम एफसी र आर एस एफसी बीच निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि संगम ले आर एस लाई ट्राइवेकरमा ४–३ ले पराजित ग¥यो ।
चौथो खेलमा आयोजक विष्णु पादुका पहेलोले बाटुलचौरलाई २–० ले पराजित ग¥यो । उक्त खेलमा विष्णु पादुकाका सागर कार्र्की र मुकेश श्रेष्ठले एक÷एक गोल गरे । पाँचौ खेलमा भलाम एफसीले एनसी गाइजलाई २–० ले पराजित ग¥यो । भलाम एफसीको तर्फबाट अमृत खत्री र नरेश केसीले एक÷एक गोल गरे । मंगलबार भएको अन्तिम खेलमा एकता लालिगुँरास र फेदी एफसीबीच निर्धारित समयमा गोल हुन नसेकेपछि ट्राइवेकरमा एकताले फेदीलाई ४–३ को गोल अन्तरले पराजित ग¥यो ।

बुधबार दोव्रे एफसी र दिव्यदृष्टि, साझा एफसी र भदौरे एफसी, मालेपाटन एकेडेमी र वि–१३, फो टु फायव र तारा एफसी तथा अन्तिम खेल एलजी एशोसियसन र एल सी व्रोदर्सबीच हुने विष्णु पादुका क्लबका उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए । विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा भएको उक्त प्रतियोगिता विष्णु पादुका खेल मैदान पोखरा–२५ हेमजामा सञ्चालन भएको छ । प्रतियोगिता पुस १४ गते सम्म चल्ने छ । ‘मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल उद्घोषका साथ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्र रहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284