ताजा खबर

ह्योल्मो समाजका उपाध्यक्ष खड्कबहादुर ह्योल्मालाई पितृ शोक

   ९ आश्विन २०७६, बिहीबार ०९:४१      1,261 views

नेपाल ह्योल्मो समज सेवा संघका केन्द्रिय उपाध्यक्ष समाजसेवी खड्कबहादुर ह्योल्मोलाई पितृशोक परेको छ ।

कास्कीको मादी गाँउपालिका वडा नं ७ तप्राङमा स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं ३० शिशुवा निवासी समाजसेवी मोहनसिंह ह्योल्मो (किपु लामा) को ८३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय ह्योल्मो विगत केही समय अगाडीदेखि फोक्शोको समस्यवाट पिडित भई उपचाररत हुनुहुन्थ्यो।


नेपाल ह्योल्मो समाज सेवा संघ, कास्कीद्वारा पोखरा १४, चाउथेमा निर्माण गरिरहेको ह्योल्मो संग्राहलय सहितको समाजघर निर्माणमा वहाँको महत्पुर्ण योगदान रहेको छ । विभिन्न सामाजिक संघ संस्थाहरुमा संलग्न रहि भुमिका निर्वाह गर्नुभएका समाजसेवी ह्योल्मोको निधनवाट समाजलाई ठुलो क्षतिपुगेको नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीका अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मोले वताउनु भयो।


भारतीय सेनाका सेवानिवृत्त उहाँको चार छोरा एक छोरी तथा दर्जनौ नाति, नातिनी रहेका छन । दिवङ्गत ह्योल्मोको बौद्ध विधि अनुसार बौद्ध अर्घौ सदन पोखरामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले अन्तिम श्रध्दाञ्जलि अर्पण गर्दै अन्तिम संस्कार गरिएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284