
११ वर्षपछि ‘बिन्ती’ गीत मार्फत पुनः गीत संगीतमा फर्किए पोखराका कलाकर्मी सन्तोष कोन्मे
पछिल्लो समय आफनो गायन प्रतिभालाई दर्शक सामु प्रस्तुत गरेर चर्चा बटुल्नु भएका पोखराका सन्तोष गुरुङ (कोन्मे) लाई बहुआयमिक व्यक्तित्व भन्दा खासै फरक पर्दैन ।

सिनेमा जगतमा उहाँ प्राविधिक कलाकारको रुपमा स्थापित हुनुहुन्छ । खास गरि भिडियो छायाँङ्कन, सम्पादन तथा ड्रोन पाइलटको रुपमा उहाँको दक्षता हामी देख्न सक्छौ भने फोटोग्राफीम पनि सन्तोष कोन्मे त्यतिकै जमेको पाइन्छ ।
मुलता गुरुङ गीत संगीत र चलचित्रहरुमा बढीमा सक्रिया भएर काम गर्नुभएका उहाँ यसअघि गुरुङ फिल्म एसोशियशन नेपाल (जिफान) को प्राविधिक विभाग प्रमुख भएर काम गरि सक्नु भएको छ ।
गायन क्षेत्रमा असाध्यै रुचि राख्नु हुने उहाँ शुरुवाती दिनहरुमा खुबै गीत गाउनु हुन्थ्यो । आज भन्दा करिब ११ वर्ष पहिले उहाँले ‘यो मन’ बोलको गीत रेकर्ड गरेर गीत संगीतको क्षेत्रमा आफनो उपस्थिती जनाउनु भएको थियो ।
त्यसपछि २०६७ सालमा ‘मृत्युपछि’ नामक एल्बम बजारमा सार्वजानिक गर्नुभयो । विस्तारै प्राविधिक काममा बढी संलग्न हुन थालेपछि गीत संगीतको यात्रा लगभग ठप्प भएर बसेको थियो । यस अर्थमा पनि उहाँलाई पोखरामा कतिपयले पुरानो संगीतकर्मीको संज्ञा दिन्छन ।
कास्कीको मादी गाउँपालिका वडा नं. ९ बराल डाँडा स्थायीय घर भई पोखरालाई कर्म थलो बनाउँदै आउनु भएका उहाँ कोन्मे इन्टरटेन्मेनट नामक कम्पनी मार्फत अहिले आफनै क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
हालै मात्रै उहाँले एउटा गीत तयार पारेर बजारमा सार्वजनिक गरेपछि लामो समयदेखि ठप्प रहेको उहाँको गायन यात्रा पुनः सुचारु भएको छ । कोन्मेले ‘बिन्ती’ शीर्षकमा गीत गाउनु भएको छ जुन गीतमा शब्द, संगीत तथा स्वर उहाँकै रहेको छ ।
यो गीत उहाँले करिब ७ मिनेटको छोटो अवधीमा वान टेकमै तयार पारेर एकैपटकमा रेकर्ड गर्न सफल भएको समेत उहाँले बताउनुभयो यस अर्थमा पनि उहाँको गीत संगीत प्रतिको लगाव र झुकाव कति छ भन्ने कुराको अनुमान गर्न सकिन्छ ।
गीतलाई अमित गुरुङले एरेन्ज गर्नुभएको छ भने सम्पादन सिजन बज्राचार्यले र पोष्टर डिजाइन सविन गायकले गर्नुभएको हो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26