ताजा खबर

१२ औं हिसान स्पोर्टस् मिट पोखरामा सुरु, ८ हजार विद्यार्थीको सहभागिता

   ३ माघ २०७५, बिहीबार १७:५१      2,495 views

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको “१२ औं हिसान कास्की स्पोर्टस् मिट–२०७५” बिहिबार बाट पोखरा रंगशालमा सुरु भएको छ ।


विहिबार भएको छात्र बास्केटबल तर्फको उद्घाटन खेलमा माउन्ट अन्नपूर्ण माबी नदिपुर विजयी भएको छ । माउन्ट अन्नपुर्णले सगरमाथालाई माबी ३७–१७ को स्कोरले पराजित गरेको हो । त्यसै गरि अन्य खेलमा वेल नन ले रेन्वोलाई ३४–२५ र हिल पोइन्ट माबीले भाष्कर मेमोरियललाई ४५–१० को स्कोरलले पराजित गरे । त्यसै गरि छात्र बास्केटबल मा नै बाल कल्याण माबी र लिटिल स्टेप माबी आ–आफ्नो खेल जितेका छन ।


यसै गरि सम्पन्न छात्रा भलिबल तर्फको खेलमा माउन्ट अन्नपूर्णले केफलाई २–१ को सेटमा र एक्स आर्मी पव्लिकले भाष्कर मेमोरियललाई सोझो ३–० को सेटमा पाखा लगायो । यसै गरि टेबुल टेनिस तर्फ बिहिकार पहिलो चरणका खेलहरु सम्पन्न भएको हिसान कास्कीले जनाएको छ ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख बाबुराम कुवरले एक समारोका विच उद्घाटन गर्दै खेलले आफूलाई मात्र नभई समाज, देश र महादेशलाईनै गौरवान्वित बनाउन सक्ने बताए । उनले खेलकुद बिकासका लागि हिसान कास्कीले गरेको प्रयास स¥हानिय रहेको भन्दै प्रशंसा समेत गरे ।


सो अवसरमा हिसानका केन्द्रिय अध्यक्ष रमेश सिलवालले निजी विद्यालय र शिक्षण संस्थाहरुले नेपालको शिक्षाको गुणस्तर माथी उठाउन कार्य मात्र नगरी खेलकुद बिकासमा समेत अहम भूमिका खेलेको बताए ।


हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हिसान कास्कीका सल्लाहाकार बाबुराम पन्त उपाध्यक्ष यम बहादुर रोक्का, सचिब दिवाकर जैशी लगाएतले स्पोर्टस् मिट लागएत हिसान कास्कीले गरेका अन्य महत्वपूर्ण पक्षका बारेमा बोलेका थिए ।
कार्यक्रममा हिसान कास्कीले विभिन्न समयमा आयोजना गरेका शैक्षिक कार्यक्रमहरुमा विभिन्न विद्यालयहरु बाट विजेता बन्न सफल विद्यार्थीहरुलाई पुरुस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।


उक्त प्रतियोगितामा हिसान कास्की संग आवद्ध ५० भन्दा वढी विद्यालयका करिब ८ हजार विद्यार्थीहरुको सहभागिता रहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284