ताजा खबर

१६ औं माछापुच्छ्रे भेट्रान्स टेनिसमा प्रि.क्वाटरफाइनल सम्पन्न

   ११ पुष २०७५, बुधबार १८:२८      2,472 views


कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगितामा ३५ र ४५ वर्ष माथिको एकलतफर्प प्रि.क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । बुधबार भएको एक मात्र क्वाटरफाइनल खेलमा नेपालका शिर्ष वरियता प्राप्त कमल भण्डारीले चौंथो स्थानका सिमान्त गुरुङ्गलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

SONY DSC


३५ वर्ष माथिको एकलतर्फका अन्य खेलहरुमा छेवाङ लामाले राजन पौडेललाई ६–४, ६–३ ले, राजु श्रेष्ठ गोर्खाले विनोद गुरुङ्गलाई ६–१, ७–६ र १०–८ ले, गोपीबहादुर भट्टराईले भिष्म काउछालाई ६–४, ४–६ र १०–७ ले, नविन श्रेष्ठले राजकुमार अधिकारीलाई ६–४, ६–० ले तथा महेश श्रेष्ठले उत्तम बोगटीलाई ६–१, ६–३ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए । बुधबारनै भएको ४५ वर्ष माथिको एकलतर्फ धरमबहादुर लामिछानेले हुम आलेलाई ६–२, ६–० ले, बिमल गुरुङ्गले शरण गुरुङ्गलाई ६–२, ६–२ ले, तथा उत्तम बोगटीले ठाकुर प्रसाद खनाललाई ७–५, ६–४ ले पराजित गरे । त्यसैगरि चन्द्र शाहिले आशिष सिग्देललाई ६–१, ६–२ ले, राजु राईले सुदर्शन विष्टलाई ७–५,५–७ ११–९ ले, अनु जोनले अमृत कार्कीलाई ६–२, ६–१ ले पराजित गर्दै टरफाइनलमा प्रवेश गरे । ५५ वर्ष माथिको एकलमा समिर शेरचनले झ्याम्बु शेर्पालाई ६–१, ६–१ ले, करि मुल्ला मुस्लीमले विष्णु गुरुङ्गलाई ६–०, ६–४ ले तथा राजकुमार गुरुङ्गले बाबु के कार्कीलाई ७–५, ६–२ ले पराजित गरे ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284