
१७ बुँदे मिछुर्लुङ घोषणापत्र जारी गर्दै फोनिजको संघीय बैठक सम्पन्न
नेपाल आदिवासी पत्रकार महासंघ(फोनिज)को संघीय समितिको तेश्रो पुर्ण बैठक शनिवार तनहूँ जिल्लाको भिमाद नगपालिका ५ मिछुर्लुङमा सम्पन्न भएको । संगठनलाई संघीय संरचनामा रुपान्तरणसँगै फोनिजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा सम्पन्न मिछुर्लुङ बैठकले १७ बुँदे घोषणापत्र जारी गरेको छ।

घोषणापत्रमा, श्रमजीवी पत्रकार ऐन एवं सरकारले तय गरेको न्यूनतम्पारिश्रमिक सबै सञ्चारमाध्यममा तत्काल कार्यान्वयन गर्नुपर्ने, सरकारले हालै निर्माण गरेको समावेशी सञ्चार नीति संघ, प्रदेश र स्थानीय सरकारमा तत्काल कार्यान्वयन गर्नुपर्ने, सरकारी तथा नीजि सञ्चार माध्यमहरुमा आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, महिला, दलित, पछाडी पारिएको क्षेत्रलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराउने व्यवस्था गरियोस् उल्लेख छ।
यसरी नै केन्द्र, प्रदेश तथा स्थानीय सरकारले बजेट निर्माण गर्दा आदिवासी जनजाति समुदायका पत्रकारसम्वद्ध संघ संस्थालाई न्यायोचित रुपमा वितरण, आदिबासी जनजाति पत्रकारको क्षमता अभिबृद्धि तथा सशक्तिकरणका लागि तालिम प्रशिक्षणका निम्ति सरकारको तर्फबाट आवश्यक बजटको व्यवस्था, आदिवासी जनजाति समुदायका भाषा, लिपि, संस्कार, संस्कृतिको सम्बद्र्धन हुनेगरी सरकारी तथा निजी सञ्चार माध्यमहरुबाट अनिवार्य रुपले कार्यक्रम प्रकाशन र प्रसारण गर्ने नीति निर्माण गर्न आग्रह गरिएको छ।
प्रदेश र स्थानीय सरकारले आदिवासी जनजाति तथा लोपोन्मुख समुदायको उत्थान तथा प्रवद्र्धनका लागि आवश्यक बजेटको व्यवस्था गरी त्यसको समुचित रुपमा वितरण, सबै क्षेत्रमा समानुपातिक, समावेशी विज्ञापन नीति लागु गर्नुपर्ने, आदिवासी जनजाति समुदायको विषय उठान गर्दै आएका मातृभाषी सञ्चार माध्यमहरुको निरन्तरता तथा क्षमता अभिवृद्धिका निम्ती आवश्यक बजेटको व्यवस्था, नेपाल पत्रकार महासंघको हालै सम्पन्न भएको विराटनगरको राष्ट्रिय भेलामा प्रस्तावित प्रत्यक्ष निर्वाचन प्रणालीलाई स्वागत गर्दै निर्वाचनमा समानुपातिक, समावेशीताको सिद्धान्तको आधारमा आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधानको व्यवस्था गर्नुपर्ने घोषणापत्रमा समेटिएको छ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26