ताजा खबर

२०औँ पोखरा सडक महोत्सवको प्रचार प्रसार गर्दै रेबान पोखरा

   ३ पुष २०७५, मंगलवार ०८:२७      3,116 views


यही पौष १३ गतेबाट शुरु हुने २०औँ पोखरा सडक महोत्सवको अवसरमा सोमबार स्याङजाको वालिङमा पत्रकार सम्मेलन गरिएको छ । “सडकमै खाऔँ, सडकमै रमाऔँ” भन्ने नारासहित पर्यटकीय केन्द्र पोखराको लेकसाइडको ३ किलोमिटर क्षेत्रमा सडक महोत्सव हुनेछ । महोत्सवको प्रचारप्रसारका लागी गण्डकी प्रदेश र प्रदेश नं ५ का विभिन्न स्थानहरुमा महोत्सवको जानकारी गराउने उद्देश्यले रेबान पत्रकार सम्मेलन गर्दै हिँडिरहेको छ ।

रेष्टुरेन्ट एन्ड बार एशोसियसन नेपाल पोखराले अंगे्रजी नयाँ वर्षको अवसरमा हरेक वर्ष सडक महोत्सव गर्दै आईरहेको छ ।
पोखराको पर्यटकीय गतिविधि चलायमान बनाउन, धेरै भन्दा धेर विदेशी पर्यटक नेपाल भित्र्याउन रेबानले सडक महोत्सवबाट भरपुर कोशिस गरेको छ । महोत्सवलाई सभ्य रुपमा सम्पन्न गर्न रेबानका अध्यक्ष बुधराज भुजेल भिमसेनको संयोजकत्वमा २६ सदस्यीय महोत्सव व्यवस्थापन मुलसमिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरु समेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।५ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सांस्कृतिक कार्यक्रम, नेपालका लोपोन्मुख सांस्कृतिक कार्यक्रमहरु, देश तथा विदेशका खानाका परिकार, खेलकुद, हस्तकला, साहसिक पर्यटक खेलकुद वृतचित्र प्रर्दशनी, बालउद्यान, ख्याती प्राप्त कलाकार तथा म्युजिकल व्याण्डहरुको लाईभ कन्र्सट हुनेछ ।
कार्यक्रममा रेबानका पुर्व अध्यक्ष सुर्य भुजेलले विषेशतः महोत्सव पर्यटन प्रर्वद्धनका लागी हरेक वर्ष गरिँदै आईएको भन्दै महोत्सवबाट भएको आम्दानी विभिन्न सामाजिक कार्यमा खर्चिने गरिएको बताउनुभयो । देश तथा विदेशका मौलिकपना झल्कने तथा लोपन्मुख संस्कार संस्कृतिहरुको संरक्षण स्वरुप महोत्सवमा लोपन्मुख संस्कृतिलाई समेत विषेश महत्व दिईएको भुजेलले बताउनुभयो । रेबानले महोत्सव प्रचारप्रसारको दौरान आजै पाल्पा र बुटवल र भैरहवामा समेत पत्रकार सम्मेलन गर्ने जनाएको छ । कार्यक्रममा रेबानका महासचिव गणेश थापाले अंगे्रजी नयाँ वर्ष र क्रिसमस मनाउन अन्तै सोझिने गरेका पर्यटकलाई नेपाल अर्थात पोखरामै रोक्नका लागी रेबानले विगत २० वर्षदेखि प्रयास गरिरहेको र सफल भएको समेत दावी गर्नुभयो ।कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यष शोभाकान्त पौडेलले प्रदेश नं. ४ कै पर्यटकीय केन्द्र पोखरासंग समन्वय गर्दै वालिङ तथा स्याङजामा पर्यटक भित्र्याउने वातावरण निर्माणका लागी रेबानले सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।
साथै उहाँले यही माघमा गरिने वालिङ महोत्सवका विषयमा प्रकाश पार्दै अन्तराष्ट्रिय पहाडी साईकल यात्रा महोत्सवमा नयाँ आर्कषण रहेको बताउनुभयो । वालिङ महोत्सव प्रचारप्रसारका लागी पोखरा सडक महोत्सवमा स्टल राखी माघमा स्याङजाको वालिङमा जाऔँ भन्ने माहोल सृजना गर्न समेत रेबानलाई आग्रह गरेको छ । वालिङ उद्योग वाणिज्य संघका महासचिव केशरबहादुर खांण धु्रवले सञ्चालन गर्नुभएको कार्यक्रममा सचिव पदमराज गुरुङले स्वागत गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284