
३२ साना दलसंग मार्चा बन्दी सुरु– विपि काँग्रेस महामन्त्री शेरचन

पोखरा । नेपाली काँग्रेस विपिका महामन्त्री तथा पुर्व मन्त्री शुशिलमान शेरचनले साना दलहरु विच मोर्चा वनाउन सुरु गरिएको वताएका छन् ।
पुुर्व राजा ज्ञानेन्द्र शाहसंग समसामयिक राजनितिक विषयमा छलफल गर्न पोखरा आएका महामन्त्री शेरचनले आईतबार पत्रकार भेटघाट गरी नेपाली काँग्रेस विपिले राजसंस्था सहितको प्रजातन्त्र स्थापना गराउँन आफ्नो पार्टी स्थापना गरिएको वताएका छन् ।
उनले नेपाली काँग्रेसका संस्थापन नेतो विपिको सिद्धान्तलाई कुल्चेर राष्ट्र र जनताको भावनाको विपरित व्यक्तिवादी सोच हावी भएकोले नेपाली काँग्रेसमा लामो समय राजनिति गरेका पार्टीका नेताहरुले नेपाली काँग्रेस विपिको स्थापना गरेको वताए ।
विपि काँग्रेसको संगठनको वारेमा गरिएको प्रश्नमा जिल्ला समितिहरु, नेवि संघ, नेपाल तरण दल स्थापना गरिसकेको वताउँदै माघदेखि नै देश भरि संगठन विस्तार गर्ने पार्टीको योजना रहेको वताए ।
नेपाली काँग्रेस विपि कास्की सभापति चन्द्रबहादुर रानाभाटको अध्यक्षतमा कार्यक्रम भएको थियो ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52