ताजा खबर

अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने

   ६ मंसिर २०७६, शुक्रबार १५:५५      16,494 views

आगामी फागुन ३ गते पोखरामा हुने १४ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने भएको छ ।

मञ्चका अध्यक्ष मनप्रसाद गुरुङले पोखरामा हुने उक्त प्रतियोगिता पोखरेलीहरुको मात्र नभई सिंगो नेपालसंग समेत जोडिएकोले सो प्रतियोगितालाई सफल पार्न आफ्नो क्षेत्रबाट आर्थिक सहितको अन्य सहयोग गर्ने बताएका हुन्।

वेलायतमा लण्डन म्याराथनमा विश्वका धेरै धावकहरु सहभागि हुने गरेको प्रशंग उठाउदै मञ्चका अध्यक्ष गुरुङले पोखरामा हुने उक्त दौडलाई पनि लण्डन म्याराथन स्तरमै चर्चा गर्दै विश्वका धेरै धावकहरुलाई समेट्न सक्नुपर्नेमा जोड दिए ।

उनले भने “ हिमाल हेर्दै म्याराथन दौडन पाउने विश्वका कम मुलुकमा हुने यो अवसर पोखरा म्यारथना हुने हुदा यस प्रतियोगितालाई हामीले खेल पर्यटन र विदेशमा गएका नेपालीहरुलाई स्वदेश फिर्ता हुने समयको रुपमा स्थापित गर्न सक्नु पर्छ । ” नेपालमा हुने खेलमा स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्ने उनको जोड थियो । नेपालमा धेरै सौन्दर्यता भएकोले हरेक बर्ष जसो भिजिट नेपालको रुपमा मनाउनु् पर्ने मञ्चका अध्यक्ष गुरुङले बताए ।

भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले पोखरा म्याराथनलाई निरन्तरता दिदै आएको बताए । विजेतालाई एक लाख पुरस्कार राषि राखिएकोमा यस बर्ष राम्रो सहयोग जुटेमा विजेतालाई तीस्न लाख सम्मको पुरस्कार राख्ने योजना भएको उनले जनाए ।

खेललाई विश्वमा शान्तिसंग जोडन लागिएको अध्यक्ष गुरुङले जनाए । उक्त खेलले पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन हुदा भिजिट नेपाल २०२० लाई समेत सफल पार्न सहयोग पुग्ने उनले जनाए । मंचका सल्लाहकार महेश गुरुङले पोखरामा हुने उक्त इभेण्टलाई धेरै आप्रवासि नेपालीले सहकार्य गर्न खोजेको जनाए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284