ताजा खबर

अन्नपूर्ण बेसक्यापमा म्याराथनको तयारी अन्तिम चरणमा

   १२ जेष्ठ २०७६, आईतवार १०:३७      2,703 views

अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण पदयात्रा मार्गमा हुने दोस्रो अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमा पुगेकोे छ । समुद्री सतहदेखि ४ हजार एक ३० मिटरको उचाईमा अवस्थित अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथनका लागि आवश्यक स्वयसंवेकसहितको प्राविधिक टोली परिचालन गरिएको छ ।

त्यस्तै म्याराथन रुटको सरसफाई, वाटर प्वाइन्ट, मेडिकल प्वाइन्ट आदिमा आवश्यक सामाग्री पनि तत्तत्स्थानमा पु¥याइसकिएको छ । म्याराथनमा सहभागी हुने धावकहरूको नाम दर्ता गर्ने क्रम जारी छ । अहिलेसम्म ५० जनाले नाम दर्ता गराएका छन् । धावकहरुले यही जेष्ठ १३ गतेसम्म पोखरा र काठमाडौंबाट नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।


सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाउने गरिएको छ । सोही सन्दर्भमा गतवर्षदेखि निरन्तर रूपमा सञ्चालन गर्ने गरी आरम्भ गरिएको यो दोस्रो संस्करण हो ।

गतवर्ष ६३ धावकले प्रतिस्पर्धा गरेको सो म्याराथनमा नेपाल आर्मीका हरिकुमार रिमालले ४ घण्टा १७ मिनेटमा निर्धारित दुरी पार गरी म्याराथनको उपाधि चुमेका थिए । अन्नपूर्ण म्याराथनमा यसवर्षदेखि विदेशी धावक पनि सहभागी हुने आयोजक संस्था अन्नपूर्ण सन्चेरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताए । अन्नपूर्ण बेसक्यापबाट आरम्भ हुने ४२.१९५ किलोमिटर दूरीको म्याराथन माछापुच्छे« आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी, भैंसीखर्क हु“दै घान्द्रुकमा समापन हुने म्याराथन प्राविधिक निर्देशक भूतपूर्व खेलाडी मञ्च नेपालका सल्लाहकार खड्कबहादुर रानाभाटले बताए ।

म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख पाँच हजार, ७५ हजार र ५५ हजार रुपैया“ पाउनेछन् । सान्त्वना स्वरुप १० धावकलाई पुरस्कृत गर्ने छ । धावकलाई पोखराबाट घान्द्रुकसम्म यातायात र घान्द्रुकबाट एबीसी जादा“ आउँदाको खानेबस्ने सुविधा छ । म्याराथन संयोजक किसम गुरुङका अनुसार जेठ १५ मा धावकलाई पोखराबाट घान्द्रुक लगिनेछ । जेठ १६ मा छोम्रोङ, १७ मा हिमालय र १८ मा एबीसी पु¥याइने छ ।

जेठ १९ मा धावकहरुको स्वास्थ्य परीक्षण गरी मोगरेस गराइन्छ र जेठ २० मा एबीसीबाट दौडेर घान्द्रुक आइपुग्नु पर्नेछ । गत फागुन १५ गतेको भारी हिमआँधिबाट अन्नपूर्ण आधारशिविरका ५ वटै होटलहरू पूर्णरूपमा क्षतिग्रस्त भएकोमा स्थानीय पर्यटन व्यवसायीको पहलमा धमाधम पुनःनिर्माण भइरहेको छ । म्याराथन अवधिसम्म धावकहरूलाई ब्रेकफ्राष्टसम्म खुवाउन सकिने प्रवन्ध मिलाइएको स्थानीय पर्यटन व्यवसायी जगनरास गुरुङले जानकारी दिए ।


समितिले जेष्ठ १७ देखि २० सम्म घान्द्रुकमा गर्ने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला महिला भलिबल, खुला पुरुष बास्केटबल र भेट्रान पुरुष भलिबल प्रतियोगिता समावेश गरेको छ । स्थानीय व्याण्ड र ख्याति प्राप्त कलाकारद्वारा विविध मनोरञ्जनात्मक कार्याक्रम समेत हुनेछन् । ४ दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कला शैली, परम्परागत झा“की, सा“स्कृतिक कार्यक्रम हुनेछन् ।


समितिले गतवर्ष विभिन्न तीन चरणमा महोत्सव सम्पन्न गरेको थियो । गतबर्षको महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ ‘महोत्सव अघि दैनिक तीन सयदेखि चार सय पर्यटक एबीसी पुग्थें,’ भने, ‘महोत्सवपछि एक हजार बढीसम्म पुगेको महोत्सव मूल आयोजक समितिका महासचिव एवं माछापुच्छ«े बेस क्याम्पका होटल व्यवसायी दिलीप गुरुङले बताए । महोत्सवकै कारण आन्तरिक पर्यटक ह्वात्तै बढेको उनले सुनाए । महोत्सव अवधिभर घान्द्रुक पुग्ने पाहुनालाई सस्तो प्याकेजको व्यवस्था गरिएको छ । एक जनालाई नौ सय नेपाली रुपियाँमा बेलुकाको खाना, एक रातको बास र विहानको खाजासहितको छुट दिइने व्यवस्था मिलाइएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284