ताजा खबर

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित

   ५ जेष्ठ २०७७, सोमबार १५:३३      1,309 views

आगामी जुन ३ तारिख अर्थात अन्नपूर्ण आरोहण दिवसको अवसर पारी आयोजना हुँदै आएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ ।


कोभिड– १९ कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै महोत्सव स्थगित गरिएको आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ ।

समितिका अध्यक्ष ललित गुरुङले तेश्रो पटक आयोजना हुने क्रममा रहेकोे अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको एक विज्ञप्ति मार्फÞत जानकारी गराउनु भएको छ ।

बिज्ञप्तिमा भनिएको छ– कोरोना भाइरसको महामारीका कारण अन्नपूर्ण आरोहण दिवसको अवसरमा यस समितिद्वारा २०७७ साल जेष्ठ १८ देखि २१ गतेसम्म कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजना गरिन लागिएको बहुप्रतिक्षित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।

अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगत तीन वर्षदेखि निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै आएका थियौं ।

अहिलेको प्रतिकूल परिस्थितिका कारण यसवर्षको कार्यक्रम स्थगित भए पनि आमागी वर्षमा पूर्व्निर्धा्रित समय अनुसार नै कार्यक्रमलाई निरन्तरता दिदैं जाने छौं ।


यस कार्यक्रमका लागि विभिन्न सरकारी र गै¥हसरकारी संघसंस्थाबाट विनियोजन हुँदै आएको रकम आगामी वर्षमा पनि निरन्तरताका लागि सम्बन्धित निकायसँग सविनय अनुरोध गर्दछौं ।


वि.स. २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधारशिविरमा आएको हिमआँधिले अन्नपूर्ण आधारशिविरका होटलमा भएको गम्भीर क्षति, भ्रमण वर्ष २०२० को पूर्वसन्धामा अन्नपूर्ण पदयात्रामार्ग अन्तर्गत हिन्कु केभको भएको दुःखद घटना र अहिले विश्वव्यापी बनेको कोभिड–१९ को संक्रमण र त्यसको नियन्त्रण लागि अपनाइएको बन्दाबदीका कारण यहाँको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284