ताजा खबर

अब गुरुङको छोरा पनि प्रधानमन्त्री हुनुपर्छ : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

   १६ पुष २०७६, बुधबार १८:०३      3,227 views

कस्केली तमूहरुले विगत वर्षहरु जस्तै यसवर्ष पनि सामुहिक च्यु ल्होछार/ल्होसार मनाएका छन् ।
गत वर्षहरुमा पोखरामा मनाउँदै आएको सामुहिक ल्होछार/ल्होसार यस वर्ष भने पोखरा महानगरपालिका वडा नं. २९ भण्ढारढिक खेल मैदानमा मनाएको हो ।

सामुहिक च्यु ल्होछार/ल्होसारको एक भव्य समारोहकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब यो देशमा गुरुङको छोरा छोरीले पनि प्रधानमन्त्री, राष्ट्रपति, मुख्यन्यायधिश हुन पाउनुपर्ने र त्यसको लागि तमूहरुले आफूलाई तयारी पनि गर्दै गर्नुपर्ने बताउनुभयो । वीर गोर्खाहरुको पसिनाले आर्जेको धनबाट यो मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुगेको भन्दै अब गेसोको मुद्धा अन्तर्राष्ट्रिय स्तरमा सरकारले वकलत गर्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशभित्रका घाँटु, सोरठी, ठाडो भाका तमूहरुको साँस्कृतिक सम्पत्ति भएको भन्दै यसलाई जोगाउनु प्रदेश सरकारको पनि दायित्व भएको बताउनु भयो ।
ल्होसारमा गण्डकी प्रदेशमा मात्रै नभई देशको ७७ वटै जिल्लामा सार्वजनिक विदा दिनुपर्ने र यसको लागि आपूmले केन्द्र सरकारसँग पहल गरिरहेको उहाँको भनाई छ ।


नीतिहरुको राजा राजनीति भएको भन्दै उहाँले तमूहरुले राजनीति बुझन र राजनीति गर्न जरुरी रहेको बताउनुभयो । पार्टी जुनसुकै भएपनि तमूहरु राजनीतिमा अघि बढनुपर्ने उहाँको भनाई छ ।
पोखरा र लेखनाथका विभिन्न स्थानमा बसोबास गर्ने तमूहरु सहभागी भएको कार्यक्रम ङयोए तमू धीं लेखनाथका अध्यक्ष प्राध्यपक मनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने तमू ह्युल छोंज धी कास्कीका सचिव आसबहादुर गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तमू धीं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा तमू कलाकार संघ गण्डकी प्रदेशका कलाकारहरु तथा गुरुङ फिल्म एशोसियशन नेपालका कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284