ताजा खबर

आज ट्होटें, पोखरामा भव्यताका साथ मनाउदै

   २६ चैत्र २०७५, मंगलवार ०९:५२      2,897 views

तमु जातिको आफ्नै मौलिक पहिचान छ। पहिचानको एक प्रतिक हो, ट्होटें पर्व।ट्होटें पर्व तमु जातिको सभ्यता, ऐतिहासिकता, साँस्कृतिक र एकताको पर्व हो। परापुर्वकालदेखि नै तमु जातिले साउन महिना र चैत्र महिनाको मंगलवार मनाउदै आएको पाउदछौं।

साउन महिनाको तीन र चैत्र महिनाको तीनवटा मंगलवार तमु गाँउ वस्तीमा ट्होटें पर्व मनाउदथे। तर पोखरामा झरेका तमुहरुले तमु धिं नेपालको अगुवाईमा २०५२ सालदेखि वर्षमा दुईपटक साउनको अन्तिम मंगलवार र चैत्रको अन्तिम मंगलवार सामुहिक रुपमा बृहत रुपमा मनाउदै आएकोछ।


ट्हो भनेको तमु भाषामा गाँउ, वस्ती, राज्य भन्ने बुझिन्छ भने टें भन्नाले गाँउ, वस्ती, राज्यबाट बैरी, सत्रुहरुलाई धपाएर आफ्नो बस्ती, राज्य सुरक्षित र सभ्य बनाउने भन्ने बुझिन्छ। ट्होटेंको शाब्दिक अर्थले पनि परापुर्वकालदेखि तमु राज्य थियो भन्ने प्रमाणित गर्दछ।


यस पटकको ट्होटें प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा मनाउन गइरहेको छ।पोखरा १७ बिरौटास्थित तमु ह्युल चोकमा तमु गाउँ, बस्ती, राज्य एवं पितृको नाउँमा पुजा गरी शुरु हुने ट्होटे र्याली मुस्ताङचोक, एयरपोर्ट, नागढुंगा, लखनचोक, नयाँबजार हुदै तमु धिं नेपालमा समारोहमा परिणत हुने भएको छ। र्यालीमा उत्कृष्ठहरुलाई पुरष्कृत गरिदै आएको तमु धिं नेपालका साँस्कृतिक संयोजक मेनकाजी गुरुङले जानकारी दिनुभयो।

ट्होटेका बारेमा तमु धिं नेपालकी अध्यक्ष कर्म तमु भन्नुहुन्छ, यो हाम्रो परम्परागत साँस्कृतिक, ऐतिहासिक र पहिचानसँग जोडिएको पर्व हो तमुहरुले गाँउ गाँउ मनाउछन् भने पोखरा र शहरबजारमा झरेका तमुहरुले सामुहिक रुपमा मनाउदै आएको छ।

यो पर्वले तमुहरुको पहिचानलाई संरक्षण गरेकोछ, सँस्कृतिको सम्बद्र्धन गरेको छ भने सामुहिकताको प्रदर्शन गरेको अध्यक्ष तमु बताउनुहुन्छ। यो पर्वले विगतमा तमु राज्य थियो र उक्त राज्य बस्तीका बैरीहरु धपाएर सुरक्षित र सभ्य समाज निर्माणका लागि ट्होटें खेल्ने गरेकोमा विकासक्रमसँगै बैरीको रुप परिमार्जन हुदै गएको उहाँको भनाई छ।

अहिलेको ट्होटें तमु लगायत आदिवासी जनजातिमाथि विभेद गर्ने, पहिचान मेट्न खोज्ने, अधिकारबाट बञ्चित गर्न खोज्ने, मुलुकमा ब्रम्ह लुट गर्न खोज्ने तत्वहरु नै बैरी भएको निष्कर्षका साथ ट्होटें मनाउने अध्यक्ष कर्म तमुले बताउनुभयो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284