ताजा खबर

उच्च हिमाली क्षेत्र दुधपोखरीको दर्शनसँगै मादी गाउँपालिकाको ५२औं कार्यपालिका बैठक सम्पन्न

   २४ श्रावण २०७७, शनिबार १८:५४      1,771 views

कास्कीको मादी गाउँपालिकाको कार्यपालिका सदस्य तथा कर्मचारीहरुको एक टोलीले उच्च हिमाली क्षेत्रमा पर्ने पवित्रा तीर्थस्थल दुधपोखरीको अवलोकन भ्रमण सम्पन्न गरेको छ ।

गत साउन १५ गतेदेखि २१ गतेसम्म गरिएको सो भ्रमणले साउन १९ गते जनै पूर्णिमाको दिनमा दुधपोखरीमा नुहाएर सोहि स्थानमा कार्यपालिकाको ५२औं बैठक समेत सम्पन्न गरेको छ ।

दुधपोखरीमा बसेको ऐतिहासिक कार्यपालिका बैठकले पवित्र धार्मिक तीर्थस्थल दुधपोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि त्यहाँसम्म पुग्ने गोरेटो बाटोको निर्माण, मर्मत संभार तथा विभिन्न स्थानहरुमा सूचना मुलक साइर्न बोर्डहरु राख्ने र त्यस स्थलको श्रव्यदृश्य वृत्तचित्र निर्माण गरि विश्वभर प्रचारप्रसार गर्ने निर्णय गरेको छ ।

यस्तै दुधपोखरी, कपुचे हिमताल, तिंउचेङयो ताल, प्लउँस्योपो ताल, खोलाङ्यो ताल, चिङग्रेङयो ताल, क्रपु ङ्हयोताल लगायतका मादी गाउँपालिकाका उच्च भु–भागमा अवस्थित ताल, पोखरी तथा हिमकुण्डहरुलाई विश्व सिमसार र रामसारमा सुचीकृत गरी उल्लेखित तालहरुको संरक्षण, संवद्र्धन तथा उक्त तालहरुसम्म पुग्ने बाटोहरुको निर्माणको लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले सातौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७७/०७८ को लागि स्वीकृत योजना तथा कार्यक्रमहरुको कार्यन्वयनको लागि वार्षिक कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ भने तप्राङ खुल्ला वन्यजन्तु पार्क (प्राणी उद्यान) संचालन तथा व्यवस्थापन कार्यविधि २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै तप्राङ्ग वन्यजन्तु पार्कको वातावरणिय प्रभाव मुल्यांकन ईआईए गर्ने, चालु आ.व.२०७७/०७८ को सडक पुल अन्र्तगत प्राप्त बजेट रु. २० लाखबाट वडा नं. १० स्थित वुम्लेखोलामा कल्भर्ट निर्माण गर्ने निर्णय गरेको छ ।

साथै बैठकले थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रको लागि एक जना डाक्टर सेवा करारमा नियुक्ति गर्ने, सिक्लेस–कोरी–ठुलेक–थुर्चु–दुधपोखरी–नामुन भञ्ज्याङ्ग–डाँफेखर्क हुँदै मनाङको तिमाङसम्मको पदमार्गलाई टोनी हेगन पर्यटकीय पदमार्गको रुपमा विकास गर्नको लागि नेपाल सरकार पर्यटन बोर्ड माफर्त प्रारम्भिक कार्य भईरहको सन्र्दभमा उक्त पदमार्गको प्रारम्भिक सरसफाई, मर्मत संभार, पदचिन्ह् भएको बोर्ड निर्माण सम्वन्धी कार्ययोजनामा मादी गाउँपालिकाबाट आवश्यक साझेदारी गर्ने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको बैठकको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटाले गर्नुभएको मादी २ का वडा अध्यक्ष तथा भ्रमण संयोजक एकजंग गुरुङले जानकारी दिनुभयो ।

कास्की, लमजुङ र मनाङको सिमानामा पर्ने दुधपोखरी समुन्द्र सहतहबाट करिब ४५ सय मिटरको उचाइमा रहेको छ ।

वर्षेनी दुधपोखरीमा जनै पूर्णेमा नुहाउन जाने भक्तजनहरुको ठूलो भीड लाग्ने गर्छ । यस वर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट दुधपोखरीमा नुहाउन र दर्शन गर्न करिब ६ हजार भक्तजनहरु त्यहाँ पुगेको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284