एलिना गुरुङलाई प्रथम वाइ वाइ नेपाल स्टार बनाउन विभिन्न उप–समिति गठन
नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आइरहेको सिङगिङ रियालिटी सो फष्ट वाइ वाइ नेपाल स्टारको उत्कृष्ट १० जनाभित्र पर्न सफल पोखरेली चेली एलिना गुरुङलाई जिताउनका निम्ती विभिन्न उपसमिति गठन गरिएको छ ।

आज पोखरामा सम्पन्न भएको मुल आयोजक समितिको बैठकले समितिका कोषाध्यक्ष कुमारी गुरुङको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा पवित्रदेवी गुरुङ, रुद्रकुमारी गुरुङ (मैना), मञ्जु गुरुङ, सु.मे.टोकबहादुर गुरुङ, सवि शेरचन, तिलक गुरुङ, नमुना गुरुङ, कौशिला गुरुङ, ललित गुरुङ, लिला गुरुङ रहनु भएको छ ।
यस्तै रेडियो गोर्खालीका स्टेशन म्यानेजर खिमा गुरुङको संयोजकत्वमा प्रचार प्रसार उप समिति गठन गरेको छ जसको सदस्यहरुमा बेल गुरुङ, सम्राट गुरुङ, सन्तोष बस्याल र सुरेश सुनार रहनुभएको छ ।

यस्तै गायक खिम गुरुङ (प्हाए अली) को संयोजकत्वमा संघ संस्था समन्वय उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा दिनेश गुरुङ, गोरे गुरुङ, केश गुरुङ, पदमराज ढकाल, बबि सुनार, प्रिया गुरुङ, मनिषा राना, मन्त्रीजंग गुरुङ, दुर्गा गुरुङ रहनुभएको छ ।
यस्तै युवा व्यवसायी टेकनसिंह गुरुङको संयोजकत्वमा विदेश समन्वय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा रोशन गुरुङ, दिलु गुरुङ, सितल थापा, लक्ष्मी गुरुङ, मानसिंह गुरुङ (मनु कोन्मे) रहनुभएको छ ।
आजको बैठकले विभिन्न ठाउँमा उपसमितिहरु समेत गठन गरेको छ । जसअन्तरगत मादी गाउँपालिका कास्कीमा मादी २ का वडा अध्यक्ष एकजंग गुरुङको संयोजकत्वमा मादी गाउँपालिका स्तरीय समिति गठन भएको छ ।
यस्तै पृथ्वीनारायण क्याम्पस पोखरामा विष्णु पोख्रेलको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ भने इञ्जिनियरिङ अध्ययन संस्थान लामाचौर पोखरामा भवासागर रानाभाटको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।
यस्तै आज विदेशमा पनि विभिन्न देशमा एलिना गुरुङलाई जिताउनका निम्ती सहयोग समिति गठन गरिएको छ । जसअन्तरगत जापानमा अर्मन गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ । भने युकेमा लण्डनका उपमेयर लक्ष्य गुरुङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।
यस्तै हङकङमा ग्यारी गुरुङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ भने अन्य देश तथा नेपालमा गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा समेत समिति गठनको प्रक्रियामा रहेको समितिका संयोजक मेनकाजी गुरुङले जानकारी दिनुभयो ।
हालसम्म समितिले बैक खाता खोल्ने, सहयोग रसिद बनाउने, लेटर प्याड बनाउने, फलेक्स प्रिन्ट गर्ने लगायतको काम सम्पन्न गरेको छ भने एलिनाको लागि भोट अपिल गर्ने, प्रचार प्रसार गर्ने र अर्थ संकलन गर्ने कामलाई तिव्रताको साथमा अगाडी बढाईएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38