ताजा खबर

ओझेलमा परेको लाहाचोकको पातीखोला गुफा संरक्षणको लागि गोर्खा मिडिय युकेको आर्थिक सहयोग

   १३ माघ २०७५, आईतवार १६:१९      2,896 views

कास्कीको माछापुच्छे« गाउँपालिका वडा नं. ४ लाहाचोकमा रहेको पातीखोला गुफाको संरक्षण र स्तर उन्नतीको लागि भन्दै बेलायत निवासी फोटो पत्रकार मिलन तमुले १ लाख रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।


आफनो व्यक्तिग दान र साथीभाइ तथा युकेमा रहेका माछापुच्छे« गाउँपालिका बासीहरुसँग आफुले संकलन गरेको रकम आज एक कार्यक्रमका बीच गुफा संरक्षण समितिलाई प्रदान गरिएको हो ।


पातीखोला गुफा संरक्षण समितिका अध्यक्ष क्या.डम्मरबहादुर गुरुङ, सचिव यामबहादुर गुरुङ र कोषाध्यक्ष माया गुरुङलाई आज सुब्बा नाथु प्रल्हाद गुरुङ स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

सहयोग रकम ग्रहण गर्दै गुफा संरक्षण समितिका अध्यक्ष क्या.डम्मरबहादुर गुरुङले द्धापर युगमा नै पहिचान भएको पातीखोला गुफा प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको भन्दै अब यसको विकासमा अघि बढदै उक्त गुफालाई गाउँपालिका भित्रकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आफुहरु लागिपर्ने बताउनुभयो ।


कार्यक्रममा गुफा संरक्षण समितिका सचिव तथा कास्की जिल्ला भलिबल संघका पुर्व अध्यक्ष यामबहादुर गुरुङले पातीखोला क्षेत्रमा वर्षै पुरानो मेला लाग्दै आएकोमा हाल आएर सो मेला रोकिएको भन्दै अब छिटै नै मेला सुचारु ग्र्ने तयारीमा आफुहरु रहेको बताउनुभयो ।


यस्तै कोषाध्यक्ष माया गुरुङले राष्ट्रिय महत्व बोकेको यस्ता खाले गुफाको संरक्षण र प्रचार प्रसारमा राज्यले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहयोग दाता एवं एभरेष्ट टाइम्स युकेका सिनियर फोटोग्राफर तथा गोर्खा मिडिया युकेका प्रबन्ध निर्देशक मिलन तमुले यो पहिलो चरणको सहयोग आफुहरुले प्रदान गरेको भन्दै आउने दिनमा पनि यस्ता खाले सहयोगहरु निरन्तर गरिरहने बताउनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284