ताजा खबर

कङ्ग्युर पाठ पुजामा भोजनदाता र भक्तजनको भिड

   ८ पुष २०७५, आईतवार ०७:१०      3,161 views

पोखरा १०, बुद्धशान्ति मार्गस्थित पल टासी छ्योलिङ(गोपाल) गुम्बामा आयोजित कङ्ग्युर पाठ वाचन तथा तोनाग घोसुम पुजाका लामाहरुलाई लामा पोशाक(चिवर) बस्त्रदान गरिएको छ।
गुम्बाका आयोजित कङ्ग्युर पाठ वाचन तथा तोनाग घोसुम पुजाको सातौं दिन शनिवार नजरमान गुरुङ÷शुसीला गुरुङ र ए एस पी भक्तराज गुरुङ÷माया गुरुङले ७० जना लामाहरुलाई १ लाख ५० हजार मुल्य बराबरको लामा बस्त्रदान गर्नुभएको हो।

कङ्ग्युर पाठ वाचन तथा पुजामा गुम्बा प्रमुख लामा आम्ची गोपाल गुरुङले बौद्ध दर्शन र तोनाग घोसुम अर्थात ग्रहशान्तिको बारेमा विशेष प्रवचन दिनुभएको गुम्बाका लामा फुर्वाले जानकारी दिनुभयो। कार्यक्रममा गुम्बाका सहयोगदाता पोखरा अमरसिंहचोक निवासी समाजसेवी मेजर्नी कन्याकुमारी तमु, शान्ता देवी तमु र देवी तमुलाई प्रमुख लामा गोपाल गुरुङले सम्मान गर्नुभएको थियो।
कङ्ग्युर पाठ तथा पुजामा भोजनदाताको लाम नै लागेका थिए भने भक्तजन उपासक उपासिकाहरुको बृहत सहभागीता रहेको गुम्बाका फुर्वा लामाले जानकारी दिनुभयो।
पल टासी छ्योलिङ(गोपाल)गुम्बाद्धारा आयोजित कङ्ग्युर पाठ वाचन तथा तोनाग घोसुम पुजामा ब्रेज मेश्रों घान्द्रुक तमु समाज, टासी छ्योएलिङ गुम्बाका ब्रत आमा समुह, आठभाई बाह्र घर प्ल्हनेरों भाइखलक, आठभाई बाह्र घर प्ल्हनेरों रिह्चमी(चेलीबेटी) सहयोगीको रुपमा रहेकोछ।

विश्वमा घटिरहेका हत्या, हिंसा र आतंकको अन्त्य भइ विश्वमा शान्ति फैलियोस्, वर्तमान असहज परिस्थिती अन्त्य भई दिगो शान्तिको कामना गर्दै फो ल्हो(मृग वर्ग) आगमनको अवसरमा पुस ८ गतेसम्म दैनिक बिहान ढोल्मा तारादेवीको पुजा र आयु पुजा, कङ्ग्युर पाठ वाचन, दिउसो कङ्ग्युर पाठ वाचन, कुरिम तथा महाकाल पुजा(ग्रहशान्ति पुजा) तथा ङोवा मोनलम(पितृ पुजा) गरिने गुम्बाका प्रमुख लामा आम्ची लामा गोपाल गुरुङले जानकारी दिनुभयो।यसरी नै पुस ९ गते गुरु रिम्पोछेको पुजा तथा तोनाघोसुम ग्रहशान्ति पुजा, दिउसो परमपुज्य टुल्कु धाम्छ्यो रिन्पोछेलाई स्वागत, लामा नृत्य(छ्याम) तथा तोनागघोसुम ग्रहशान्ति पुजा विर्सजन, पुस १० गते अन्तिम दिन नमो बुद्ध काभ्रेका परमपुज्य गुरु टुल्कु धाम्छ्यो रिन्पोछेबाट छेवाङ(अभिषेक)प्रदान गरिने कार्यक्रम रहको बताइएको छ। यसै विच पुष ९ गते गुम्बामा तोनाग घोसुम पुजा(ग्रहशान्ति)सँगै गरिने लामा नृत्यको विशेष तयारी भईरहेको प्रमुख लामा गोपाल गुरुङले जानकारी दिनुभयो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284