ताजा खबर

कर्म—कर्ण आदिवासी जनजाति पुरस्कार छनौट समिति गठन

   १७ असार २०७६, मंगलवार १९:११      2,017 views

पोखरा । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज ) कास्कीद्धारा सञ्चालित कर्म—कर्ण आदीवासी जनजाति पत्रकारिता पुरस्कारको लागि छनौट समिति गठन गरिएको छ ।

तमु धीँ नेपालका अध्यक्ष कर्म तमुको वैवाहिक वर्षगाँठको अवसरमा कर्म तमुद्धारा स्थापित पुरस्कारको लागि अधिवक्ता सुरेन्द्र थापामगरको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको हो ।

फोनिजको मंगलवार पोखरामा बसेको तेह्रौ बैठकले गठन गरेको समितिमा जुनाकुमारी गुरुङ, हुमबहादुर गुरुङ, एम.वी आस्थामगर र भुपाल गुरुङ सदस्य रहेका छन् । पुरस्कार आगामी असार २९ गते आइतवार वितरण गरिने फोनिज कास्कीका अध्यक्ष एम.वी आस्थामगरले जानकारी दिएका छन् ।

बैठकले आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) को गण्डकी प्रदेशको प्रथम अधिवेशना लागि तयारी थाल्ने र जिल्ला समितिबाट अधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको छनोट आसन्न बैठकले गर्ने निर्णय गरेको छ ।

साथै कास्की जिल्लामा क्रियाशील आदिवासी जनजाती पत्रकारहरुलाई संगठित बनाउने उद्देश्यले असार १७ गतेदेखि असार मसान्तसम्म नयाँ सदस्यता प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै फोनिज कास्कीका सल्लाहकार अधिवक्ता सुरेन्द्र थापामगर नेपाल वार एशोसियसनको केन्द्रिय उपाध्यक्ष, जिल्ला कार्यसमिति सचिव भुपाल गुरुङ ग्रामिण पर्यटन पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित र कार्यसमिति सदस्य गीता रानामगर जगन्नाथ सिग्देल युवा पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित तथा फोनिजका पूर्व केन्द्रिय सल्लाहकार तीलक पुर्जापुन राष्ट्रिय मौकि कौडा संरक्षण पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित भएकोमा बधाई ज्ञापन गर्ने बैठकले निर्णय गरेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284