ताजा खबर

कस्केली ह्योल्मोद्धारा ल्होसार शुभकामना आदानप्रदान तथा चियापान

   २० माघ २०७५, आईतवार २०:५२      3,252 views

नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीले २१ सय ४६ औ स म्हो फा ल्हो बँदेल वग आगमनको अवसरमा आइतवार पोखरामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको दिप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै प्रमुख अतिथि प्रदेश नं.४ का प्रदेश सभा सदस्य मनबहादुर गुरुङले राज्य नेतृत्व आदिवासी जनजातिले गर्न पाए देश विकास तथा समृद्ध हुने बताउनुभयो।

मुलुकमा धेरै परिवर्तनहरु भए पनि एकतिहाइ बढी संस्थामा रहेका इमान्दार आदिवासी जनजातिहरुलाई कहिल्यै भुमिका दिइएन, उनीहरु हाँस्न समेत नपाएको गुनासो गर्नुहुदै जनजाति हाँस्न मात्रै पाए मुलुक सम्वृद्ध हुने उहाँको ठोकुवा थियो।

सभ्यता विकास गरेको आदिभुमिमा तिनै आदिवासीहरु भुमिका विहिन, विभेदको पिडा, पहिचान र अधिकारबाट बञ्चित हुनुपर्ने अवस्थाले मुलुक अघि बढ्ने नसकेको बताउनुहुदै राज्यको मुलधारमा ल्याउदै इमान्दार आदिवासी जनजातिलाई राज्यको बागडोर सम्हाल्ने अवसर दिन मुलुकको विकास हुने प्रमुख अतिथि प्रदेशसभा सदस्य गुरुङको दावी थियो।

नयाँ राजनीतिक व्यवस्था, प्रणाली जे आए पनि जनताले नत परिवर्तनको महसुस गर्न पाए नत विकासको अनुभूति गरेको भन्दै राज्य हाँक्नेहरुप्रति कटाक्ष गर्नुभयो। कटौती गरिएको ल्होसार विदा सरकारले सच्चाए पनि पहिचान,अधिकार र तमुवानको आन्दोलन जारी राख्न सुझाव उहाँको थियो।

माग पुरा नहुञ्जेल आदिवासी जनजाति निरन्तर अभियानमा लागि रहनुपर्ने बताउनुहुदै उहाँले यस प्रदेशमा तमु भाषालाई तत्काल सरकारी कामकाजको भाषा बताउनुपर्ने बताउनुभयो।

शुभकामना व्यक्त गर्नुहुदै नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर तमुले आदिवासी जनजातिको पहिचान, अधिकार र समानताको अधिकार सुनिश्चितताका लागि सोनाम ल्होसारले सरकारलाई घचघच्याउने विश्वास व्यक्त गर्नुभयो।

नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीका अध्यक्ष क्या.पुर्णबहादुर ह्योल्मोले राज्य संचालकलाइ ल्होसारले सद्बुद्धि देओस भन्ने शुभेच्छा प्रकट गर्नुभयो। आदिवासी जनजातिका पर्वहरुमा विदा कटौती गरेर सरकार जनजातिका सँस्कृति विरोधीको रुपमा प्रस्तुत भएको उहाँको आरोप थियो।

विदा धेरै भएर मुलुक विकास हुन नसकेको भन्ने गलत भ्रम फिजाउनेहरुले विकशित मुलुकमा शनिवार र आइतवार हप्तामा दुइदिन विदा हुदै आएको हेर्न सझुाव दिनुभयो। उहाँले ल्होसारको बारेमा जानकारी दिनुहुदै नेपालीले मनाउने तीनवटै ल्होसार सबै नेपालको भएको बताउनुभयो।

नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीका अध्यक्ष क्या.पुर्णबहादुर ह्योल्मोको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा लामा गुरु कुन्दो लामाले मन्त्रबाचन, उपाध्यक्ष होमबहादुर ह्योल्मोले स्वागत र सचिव पुर्ण ह्योल्मोले कार्यक्रम संचालन गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284