ताजा खबर

कास्कीको धम्पुसमा ढुङ्गाले हानेर एक जनाको हत्या

   १४ जेष्ठ २०७६, मंगलवार १८:४२      2,824 views

कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुसमा एक जनाको हत्या भएको छ । नाताले भिनाजु पर्ने वर्ष ६५ का सन्ते विकले साला वर्ष ५२ का गोरे भनिने मानकाजी बिकलाई आज विहान १० बजेको समयमा ढुँगाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए।

अन्नपूर्ण गाउँपालिका पाउदुर स्थायी घर भएका सन्ते धम्पुसको ओखरबोटमा विगत केही वर्षदेखी अस्थायी रुपमा बसोबास गर्दै आएका थिए । उनले मदिरा सेवन गरेर सालाको हत्या गरेको स्थानीयले बताएका छन् ।

विहान १० बजेको समयमा स्थानीयले घटनाबारे जानकारी गराएपछि १० मीनेटभित्रमै घटनास्थलमा पुग्दा गोरेलाई मृत अवस्थामा फेला पारिएको र सो स्थलबाट भन्दा केहीतलबाट घटनामा संलग्न सन्तेलाई पक्राउ गरिएको धम्पुस प्रहरी चौकीका असई अर्जुन शर्माले बताए ।

घटनाको अनुसन्धान भईरहेको र मृतकको शव परीक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284