ताजा खबर

कास्कीको धम्पुस र बेलायतको ब्रेकन शहरबीच भगिनी सम्वन्ध स्थापित

   २८ जेष्ठ २०७६, मंगलवार १७:२४      2,913 views
  • मिलन तमु

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले हालै ब्रेकन टाउन काउन्सिल र कास्कीको धम्पुस गाउँबीच गाँसिएको भगिनी सम्बन्धले ब्रेकन र धम्पुसका जनताबीच एकअर्कामा आआफ्नो कला र संस्कृति आदानप्रदान हुने विश्वास व्यक्त गरेका छन् ।

गत आइतबार ९ जुनका दिन ब्रेकनमा आयोजित फ्रिडम परेडको अवसरमा राजदूत सुवेदीले सो कुरा बताएका हुन् । उनले नेपाल विश्वको सर्वौच्च शिखर सगरमाथा र गोर्खाजको देश भएको बताउँदै भ्रमणका लागि नेपाल सुन्दर, शान्त र सुरक्षित रहेको सन्देश प्रवाह गरी भिजिट नेपाल २०२० लाई प्रर्वद्धन गर्न आव्हान गरे ।

कार्यक्रममा गोर्खा विङ्ग मण्डलेले ब्रेकन टाउनमा परेड खेलेको थिए । त्यस्तै, ब्रिगेड अफ गोर्खाज व्याण्डको प्रस्तुति रहेको थियो । ब्रेकन वेल्स वरपरका बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा खुकुरी नृत्यसहित सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

त्यस्तै, दोस्रो चरणमा ब्रेकनस्थित क्यास्टल होटल गार्डनमा एक विशेष समारोह आयोजना गरिएको थियो । ब्रेकन टाउन काउन्सिल र ब्रेकन धम्पुस टुईनिङ्ग एशोसिएसन यूकेले संयुक्त रुपमा आयोजना गरेको समारोहमा गोर्खा विङ्ग मण्डलेले र स्थानीय प्राईस कलेजले गीत तथा नृत्य प्रस्तुत् गरेका थिए । त्यस्तै, ब्रेकन वायरका ३० जनाको समूहले आप्mनो सांगीतिक प्रस्तुति दिएका थिए ।

सो अवसरमा गोर्खा आन्दोलनकी सहयात्री बेलायती नायिका जोहना लुम्लेले भगिनी सम्बन्धबारे भिडियोमार्फत शुभकामना सन्देश पठाएकी थिइन् ।

स्थानीय ब्रेकन र नेपालको राष्ट्रिय धुनसमेत बजाइएको समारोहमा आयोजक ब्रेकन टाउन काउन्सिल र ब्रेकन धम्पुस टुईनिङ्ग एशोसिएसन यूकेले धम्पुस परिवार यूकेलाई मायाको चिनो प्रदान गरेका थिए ।

त्यस्तै, धम्पुस र ब्रेकनको भगिनी सम्बन्ध गाँस्न विशेष भूमिका खेलेका धम्पुसवासी हाल ब्रेकन स्थायी बासिन्दा तथा तमु प्ये ल्हु संघ यूके अध्यक्ष मेजर खुशीमान गुरुङ एमभिओ तथा श्रीमती मञ्जु गुरुङलाई उनीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै उपहार प्रदान गरे ।

त्यस्तै, धम्पुस परिवार यूके अध्यक्ष ईन्द्र गुरुङ तथा धम्पुसे चेलीहरुको तर्फबाट आयोजक संस्थालाई मायाको चिनो प्रदान गरिएको थियो । 
माछापुच्छ«े गाउँपालिको सद्भावना दूतसमेत रहेका मेजर गुरुङले कार्यक्रममा सहभागी भएका धम्पुस परिवार तथा धम्पुसे चेलीहरुलाई आप्mनो निवासमा भोजनको प्रबन्ध गराएका थिए ।

कार्यक्रममा ब्रेकन टाउन काउन्सिलका काउन्सिलर मेयर अन मेथिस, नेपाली राजदूत डा.सुवेदी, स्थानीय एमपी क्रिस डेविज, एएम वेल्स एसेब्ली क्रिष्टी विलियम, स्थानीय हाई सेरिफ डेविड प्येट जेपी, पोउज काउन्टी काउन्सिलकी बयन्हाम बेभेर्ली, कर्णल बिजी जेम्स रबिन्सन, सीबिई, सीओ आईबिसी ले.कर्णल शोन चन्दलर एमबिई, ब्रेकन धम्पुस टुईनिङ्ग एशोसिएसन अध्यक्ष काउन्सिल डेविड मेरीडिथ, धम्पुस परिवार यूके अध्यक्ष इन्द्र गुरुङ, स्थानीय काउन्सिलर लगायत १३० जनाभन्दा बढी धम्पुस परिवार यूकेका सदस्यहरुको उपस्थिति रहेको थियो ।

मेजर गुरुङले एकअर्कामा सहकार्य र सहयोग आदानप्रदान गर्ने उद्देश्यअनुरुप भगिनी सम्बन्ध गाँसिएको र सो सम्बन्ध गाँस्नका लागि नेपाली राजदूत डा. सुवेदी र नेपाल सरकारले विशेष भूमिका खेलेको बताए । त्यस्तै, उनले नेपालले औपचारिक रुपमा बेलायतमा पहिलो पटक भगिनी सम्बन्ध गाँसेको स्मरण गर्दै सो सम्बन्ध गाँस्न करिब १८ महिना लागेको र ब्रेकन टाउन काउन्सिलका पूर्वमेयर डेविडको विशेष भूमिका रहेको स्मरण गरे ।

स्मरण रहोस् गत फेब्रुअरी १० का दिन ब्रेकन टाउन काउन्सिलका २३ जनाको समूह धम्पुस, कास्की गई भगिनी सम्बन्धको दस्तावेजमा हस्ताक्षर गरेका थिए । स्मरण रहोस्, ब्रेकन टाउनमा प्रत्येक वर्ष फ्रिडम परेडको आयोजना हँुदै आएको छ । कार्यक्रमको नागरिकखबरडटकममा मिलन तमुले फेसबुक लाईभ गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284