कास्की काँग्रेसद्वारा जनजागरण अभियानका लागि समिति गठन
नेपाली काँग्रेस कास्कीले दोस्रो चरणको जनजागरण अभियानलाई लक्षित गरी २ वटा समिति निर्माण गरेको छ ।

कास्की काँग्रेसको बैठकले अभियानलाई प्रभावकारी बनाउनका लागि प्रचार र अनुगमन समिति गठन गरेको हो ।
पार्टीले जिल्ला सदस्य एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको संयोजकत्वमा प्रचार समिति गठन गरेको छ।
समितिको सदस्यमा जिल्ला सदस्यद्वय ओमप्रकाश गुरुङ, प्रेम तामाङ, नेपाल प्रेस युनियन कास्कीका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र सचिव प्रदिप पौडेल छन् ।
बैठकले क्षेत्र नं १(क) मा बुद्विमान गुरुङ, १(ख) मा कृष्ण कार्की, क्षेत्र नं २(क) मा केशरप्रसाद निर्दाेषी, २(ख)मा देवराज चालिसे, क्षेत्र नं ३(क) मा रामचन्द्र त्रिपाठी र ३(ख)मा दीपक गुरुङको संयोजकत्वमा अनुगमन समिति गठन गरेको हो ।
बैठकले स्थानीय तह पुनसंरचना अनुसार कास्कीका क्षेत्र र प्रदेशमा जिम्मेबारी पाएका सभापतिलाई बधाई ज्ञापन गरेको छ ।
बैठक कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । दोस्रो चरणको जनजागरण अभियान भदौ २४ देखि शुरु हुदैछ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38