ताजा खबर

कास्की जिल्ला नेटबल संघको अध्यक्षमा कृष्णबहादुर रानाभाट

   ९ असार २०७६, सोमबार १९:५२      2,470 views

पोखरा । कास्की जिल्ला नेटबल संघको सोमबार सम्पन्न भेलाले कृष्णबहादुर रानाभाटको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा फणिन्द्र तिमिल्सिना, सचिवमा दिपक भण्डारी, कोषाध्यक्षमा ज्योति गुरुङ र सदस्यहरुमा गोपाल थापा, लेखुराम खती, उजेली विक, अम्बिका राजभण्डारी, आशिष वास्तोला चयन हुनु भएको छ ।


सो अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश वराल, उत्तम जोशीलगायतले नेटवल खेल कास्कीको लागि नयाँ भएकोले कार्य समितिका पदाधिकारीहरुले मेहनत धेरै गर्नुपर्ने वताउनु भएको थियो ।


कार्यसमितिको पहिलो बैठकले संघको सल्लाहाकारमा यामकुमार थापा, सुर्यप्रसाद ढकाल, सुर्य श्रेष्ठ, नेत्रप्रसाद तिमिल्सिना, राजु भण्डारी र प्रमिश ताम्राकारलाई चयन गर्ने तथा यहि असार १४ गते शनिबार काठमाण्डौमा हुने नेटबल संघको केन्द्रिय अधिवेशनमा जिल्ला अध्यक्ष कृष्ण रानाभाट र केन्द्रिय प्रतिनिधि उत्तम जोशीलाई भाग लिन पठाउने निर्णय भएको सचिव दिपक भण्डारीले वताउनु भयो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284