ताजा खबर

कोकोम्हेन्दोमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

   ३ असार २०८१, आईतवार २०:५०      406 views

तामाङ बौद्ध सेवा समिति, संगमटोल–१३ पोखराको माताहातमा रहेको कोकम्हेन्दो पुस्तकालयमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।


शनिबार एक कार्यक्रमका बिच प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले विभिन्न दाताहरुबाट संकलित पुस्तक पुस्तकालयका संयोजक दिपक बाईवा तामाङलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै गुरुङले पुस्तकालय प्रतिष्ठानको कार्यक्षेत्र भित्र पर्ने भएकाले सक्दो सहयोग गर्ने बताए । पछिल्लो समय युवापुस्ता आफ्नो भाषा, संस्कार संस्कृति र परम्पराबारे अध्ययन अनुसन्धानमा अत्यन्तै कम रुचि रहेको बरु मोबाइल फोन र अन्य ग्याजेटको दुरुपयोगले पश्चिमा संस्कारको पछि होडका साथ लागिपरेकाले पुस्तक अध्ययनको संस्कारमा एकदमै ह्रास आएको गुनासो राख्नुभयो ।


कोकोम्हेन्दो पुस्तकालयको २०६० सालमा कृष्ण लोप्चन तामाङको संयोजकत्वमा स्थापना भएको तर विविध कारणवश लामो समयदेखि संचालन हुन नसकिरहेको अवस्था थियो । समयको माग संगै अब फेरि पुस्तकालयलाई पुनःसुचारु गर्न लागिएको पुस्तकालयका संयोजक दिपक वाइबा तामाङले जानकारी दिनुभयो । विद्यालयमा गएर औपचारिक शिक्षा लिनुलाई मात्र पढाई भन्ने मानसिकता रहेको र त्यसलाई चिर्न पुस्तकालयले मद्दत पुग्ने उनले बताए । यो बर्ष भित्र १ हजार पुस्तक पु¥याउने लक्ष्यका साथै पुस्तकालयलाई तामाङ अध्ययन केन्द्रको रुपमा विकास गरिने उनले बताए ।


मिति २०६९ असोजमा तत्कालिन जिल्ला उपाध्यक्ष मन बहादुर गुरुङ र सदस्य दिपक वाईबा तामाङको पहलमा आदिवासी जनजाति जिल्ला समन्वय समिति, जि.वि.स. कास्की, प्रा.डा. तारा बरालबाट १ सय थान पुस्तक उपलब्ध भएको थियो । यसैगरी धनराज डिम्डुङ तामाङ, ओम स्याङ्बो तामाङ, कुमार योञ्जन तामाङ, आश बहादुर लोप्चन तामाङ, टेक योञ्जन तामाङ, प्रताप बहादुर वाईबा तामाङ, सोनु योञ्जन तामाङ, शान्ति गोम्देन (सविना) तामाङ, मुना स्याङ्बो तामाङ, आस्था वाईबा तामाङ, सोनाल लोप्चन तामाङ, विजय स्याङ्बो तामाङ, रवी योञ्जन तामाङ, किरण गुरुङ, धनजीत वाईबा तामाङ, हिमाल राना मगर, राम ब्लोन तामाङ, निरा लामा स्याङ्दान तामाङ लगायतले पुस्तक खरिदका लागि आर्थिक सहयोग गरेका थिए ।


कार्यक्रममा नेपाल तामाङ घेदुङ पुर्व केन्द्रिय क.बा.अध्यक्ष कुम बहादुर योञ्जन तामाङ, नेपाल तामाङ घेदुङ पुर्व केन्द्रिय सल्लाहकार प्रताप वाईबा तामाङ, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष राम बहादुर ब्लोन (शिवु) तामाङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् कास्कीका उपाध्यक्ष मिनमाया डुम्जन तामाङ, बौद्ध सेवा समितिका अध्यक्ष विष्णु तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


पुस्तकालयका संयोजक दीपक वाईबा तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी ब्लोन तामाङको रहेको थियो भने कार्यक्रम संचालन पुस्तकालयका सह–संयोजक धन राज डिम्डुङ तामाङले गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284