ताजा खबर

कोल्मा बहाकोट तमु समाजले ल्होछार मनायो

   २० पुष २०७५, शुक्रबार ०६:४९      2,561 views

पोखरा महानगरपालिका १० इन्द्रमार्गस्थित कोल्मा बहाकोट तमु समाजले विविध कार्यक्रम गरी फो ल्होछार मनाएको छ । कार्यक्रमको प्रमुख अतिथि समाजका पुर्व अध्यक्ष एवं सल्लाहकार सुवेदार मेजर गुप्तबहादुर तमुले दीप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको थियो। फो ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै प्रमुख अतिथि तमुले तमुहरुको एकता, क्रियाशिलता, नेपालमै केही गर्ने भावनाको विकास, तमु समुदायसँग नेपाली र नेपालको उन्नतिका लागि तमुहरु जुट्नुपर्ने बताउनुभयो।उन्नतिको आधार शिक्षा भएकाले शिक्षामा विशेष जोड दिनुपर्ने उहाँको भनाई थियो। शुभकामना व्यक्त गर्नुहुदै पुर्व अध्यक्ष तेजबहादुर तमुले शुभकामना व्यक्त गर्नुहुदै समयको महत्व र तमुको सँस्कार सँस्कृतिलाई मितव्ययी एवं समय सापेक्ष बनाउनुपर्ने बताउनुभयो। राजनीतिक चेतना र अगुवाईको आवाश्यकतामा जोड दिनुहुदै उहाँले सधै विदेशको पेन्सनले मात्रै मुलुक विकास नहुने बताउनुभयो।

पुर्व अध्यक्ष तथा त्रिरत्न धार्मिक समितिकी संयोजक जोगमाया तमुले शुभकामना व्यक्त गर्नुहुदै कोल्माबहाकोट तमु समाजको स्थापनाको आवाश्यकता, समाजको उद्धेश्यसहितको ऐतिहासिकताको चर्चा गर्नुहुदै सबै एक भई समाज विकासमा जुट्नुपर्ने आग्रह गर्नुभयो।
समाजका वरिष्ठ सल्लाहकार कर्णेल झुमबहादुर तमुले शुभकामना दिनुहुदै सँस्कार, सँस्कृतिलाई मितव्ययी बनाउनुपर्ने, तमुहरु विच एकता हुनुपर्ने र युवा पुस्तालाई तमुको मौलिकता हस्तान्तरण गर्नुपर्ने बताउनुभयो। तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमुले शुभकामना व्यक्त गर्नुहुदै ल्होछारको नाउमा वर्षैभर भोज खाने विकृतिको अन्त्य गर्दै भोजको केही रकम छुटयाएर युवा पुस्तालाई सचेतना, साँस्कृतिक पुस्तान्तरण, उत्पादशील, राज्यको प्रसासनिक निकायमा प्रवेश गराउन लोकसेवा आयोग परीक्षाको तयारी कक्षा संचालन गरिनुपर्ने बताउनुभयो। उहाले नेपालमै केही गरौं भन्ने युवाहरुको भावनाको विकास गराउन अभिभावकहरु जुट्नुपर्ने सुझाव दिनुभयो।
समाजका प्राविधीक सल्लाहकार इ.किसनसिंह तमुले शुभकामना व्यक्त गर्नुहुदै विदेशको मात्रै सपना देख्ने होइन कि नेपालमै आफ्नो अधिकार खोज्नुपर्दछ, केही गर्नुपर्दछ भन्नुहुदै आफैलाई उदाहरण प्रस्तुत गर्नुभयो।

कार्यक्रममा समाजलाई विशेष सहयोग गर्नुहुने यामराज तमु र मेजर्नी रत्न तमुलाई सम्मानार्थ संरक्षक सदस्यता प्रदान गर्दै सम्मान गरिएको थियो भने नयाँ गाँउ क्षेत्रिय सदस्य शान्ति तमुलाई वर्षभरको लगनशील सदस्यको सम्मान, कार्यसमितिमा रहेर तथा साँस्कृतिक संयोजकको भुमिका निर्वाह गर्नुभएकी आमा समितिकी अध्यक्ष गीता तमुलाई, प्राविधीक सहयोगी समाजका आजीवन सदस्य तथा प्राविधीक समिति संयोजक इ.किसानसिंह तमु, समाजका सचिव सु.लालबहादुर तमु, झोराका कलाकारहरुलाईलाई सम्मान गरिएको थियो। समाजको अध्यक्ष पुर्णबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सु.भोजबहादुर तमुले स्वागत र सु.लालबहादुर तमुले कार्यक्रम संचालन गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284