ताजा खबर

क्रोम्छें तमूहरुको वंशावली तयार गर्ने प्रतिबद्धता सहित दोस्रो स्थापना दिवस सम्पन्न

   २१ फाल्गुन २०७६, बुधबार १९:३२      1,910 views

तमू (गुरुङ) जातिभित्रको एक थर क्रोम्छें तमू मञ्च नेपालले आज आफनो दोस्रो स्थापना दिवस पोखराको हेम्जामा रमाइलो वनभोज कार्यक्रमको आयोजना गरि मनाएको छ ।

देशभर छरिएर रहेका क्रोम्छें तमूहरुलाई एकीकृत गर्दै लैजाने र दाजुभाइबीच आपसी भाइचाराको सम्बन्ध स्थापित गराउनका लागि गठन गरिएको मञ्चले स्थापनाकालदेखि नै सक्रिय रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।


आज वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै मञ्चका प्रमुख सल्लाहकार पोमबहादुर क्रोम्छें तमूले अब जति सक्दो छिटो देशभर छरिएर रहेका आफना क्रोम्छें दाजुभाइ तथा दिदीबहिनीहरुलाई मञ्चमा आबद्ध गराउदै लैजानु पर्ने र क्रोम्छें तमूहरुको वंशावली तयार गर्नका निम्ती तमू खेगी तथा विद्धान एवम् पुराना क्रोम्छें तमू अग्रजहरुसँग भेटघाट गर्नुपर्ने बताउनुभयो ।


यस्तै गोरखाको सुलीकोट गाउँपालिका वडा नं. ६ बारपाकका वडा अध्यक्ष लालहादुर क्रोम्छें तमूले जति सक्दो छिटो क्रोम्छें तमूहरुको वंशावली लेखन र प्रकाशनमा जोड दिनुभयो ।


कार्यक्रममा युवा व्यवसायी चोकबहादुर क्रोम्छें तमूले अबदेखि मञ्चको स्थापना दिवसमा केक काटनुको सटा छयाेंपा कैदु बनाएर काटेमा आफनो परम्परा र पहिचान झल्किने बताउनुभयो ।

कार्यक्रमलाई समापन गर्दै मञ्चका अध्यक्ष गुप्तबहादुर तमू (जिबी) ले आपत विपतमा परेका क्रोम्छें दाजुभाइ दिदीबहिनीलाई सहयोग गर्नका निम्ती मञ्चको गठन भएको भन्दै क्रोम्छेंको नाममा एकरुपता ल्याउने कोशिस गर्ने, वंशावली तथा दस्तावेजहरु लेखन र प्रकाशनको काम अगाडि बडाउने लगायतको काम आफनो नेतृत्वको टिमले शुरुवात गरेको भन्दै यसमा सबैको साथ र सहयोगको अपेक्ष गर्नुभयो ।


अबछिटै मञ्चको जिल्ला शाखाहरु गठन गर्ने उक्त शाखा मार्फत गाउँगाउँमा इकाइ समितिहरु गठन गरि आफना सदस्य बढाउन अभियानमा आफू लागि पर्ने उहाँको भनाई रहेको छ । हालसम्म मञ्चमा करिब ३ सय जनाले सदस्यता लिइसकेको पनि उहाँले जानकारी दिनुभयो ।


त्यसका साथै अब छिटै कलाकार, पत्रकार, गायक, शिक्षक लगायत विभिन्न पेशा व्यवसायमा संलग्न क्रोम्छें तमूहरुसँग छुटाछुटै छलफल गर्ने समेतम उहाँले बताउनुभयो ।


मञ्चका महासचिव लब्सन क्रोम्छें तमूले सञ्चालन गर्नुभएको कार्यक्रममा मादी डान्स आइडलमा फष्ट रनरअप हुन सफल मादी २ ताङतिङकी कुशुम क्रोम्छें तमू, तमू सञ्चारकर्मी संघको चौंथो राष्ट्रिय महाधिवेशनबाट महासचिवमा निर्वाचित मादी ३ याङजाकोटकी रोशनी क्रोम्छें तमूलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा कलाकारहरु टस क्रोम्छें तमू र पूजा क्रोम्छें तमूले गीत प्रस्तुत गर्नुभएको थियो भने पवित्रा क्रोम्छें तमू, नेत्र क्रोम्छें तमू, लब्सन क्रोम्छें तमू, कुशुम क्रोम्छें तमू, मन्त्रीजंग क्रोम्छें तमू, ढिलशोभा ल्हेगे क्रोम्छें तमू लगायतले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284