गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अमेरिका प्रस्थान
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ साताव्यापी भ्रमणका लागि सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन ।

अमेरिकी डिपार्टमेण्ट अफ जस्टिसको निमन्त्रणामा मुख्यमन्त्री गुरुङ सहित आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, मुख्य न्याधिवक्ता डाक्टर राजेन्द्र घिमिरे र प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन ।
भ्रमणको क्रममा संघीय शासन प्रणालीमा संघ, प्रदेश र स्थानीय तहवीच समन्वय स्थापित गर्न सघाउने विभिन्न राज्यका तालिममा भ्रमण टोलीले भाग लिनेछन । मुख्यमन्त्री गुरुङका अनुसार प्रहरी र न्याय समितिहरुले तहगत रुपमा गरेका समन्वयको विषयमा भ्रमण टोलीले विस्तृत अध्ययन गर्नेछ ।

‘अमेरिकी राज्यहरुमा संघ र राज्यका प्रहरीहरुले कसरी समन्वय गरेर काम गरेका छन, यसमा भ्रमण केन्द्रित हुनेछ’ मुख्यमन्त्री गुरुङले भने ‘महान्याधिवक्ता, मुख्यन्यायधिवक्ता र स्थानीय न्याय समितिहरुले कसरी समन्वय गरेर काम गरेका छन यसमा पनि अमेरिकाबाट सिक्न चाहन्छौ ।’ उनका अनुसार संघीयतामा होरिजेण्टल र भर्टिकल चेन अफ कमाण्ड कसरी स्थापित गर्ने भन्ने विषयमा छलफल गर्न विभन्न राज्यका प्रतिनिधिहरुसंग भेट गर्ने कार्यक्रम तय भएको छ ।
महान्यायधिवक्ता र मुख्यन्यायधिवक्ताको कार्यलायले गर्ने स्थानीय तहमा हुने शान्ति समितिले कसरी सहयोग र सहकार्य गर्न सक्छ भन्ने विषयमा समेत भ्रमणको क्रममा छलफल हुनेछ ।

प्रहरीले नागरिकसंग गर्ने व्यवहार र स्थानीय तहमा मेलमिलापको कार्यक्रमहरु प्रभावकारी बनाउने विषयमा समेत त्यहाको स्थानीय तहको प्रतिनिधिसंग छलफल हुनेछ । मुख्यमन्त्री गुरुङको टिमलाई पोखरा विमानास्थलमा आर्थिक ममिला तथा योजना मन्त्री किरण गुरुङ, उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्री विकास लम्साल, मुख्यमन्त्रीका राजनितिक सल्लाहकार गोविन्द नेपाली, लगायतले विदाई गरेका थिए ।
आजको खबर
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
१६ श्रावण २०८३, शनिबार २२:२८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38