गुरुङ पर्यटन व्यवसायी संघ गण्डकीको आठौं वार्षिक साधारणसभा सम्पन्न
गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) गण्डकी प्रदेशको आठौं वार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ ।

संघका केन्द्रिय अध्यक्ष अम्बिर गुरुङको प्रमुख अतिथ्यतामा भएको साधारणसभामा गुरुङले कारोना महामारीले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र अहिलेसम्म पनि चलायमान हुने अवस्थामा पुगि नसेकेको हुनाले यसवर्ष संघको केन्द्रिय समिति र गण्डकी प्रदेश समिति कुनै पनि सोच जस्तो गतिविधि सञ्चालन गर्न नसकेको भन्दै अब विस्तारै आफनो व्यवसाय र संस्थागत गतिविधिहरुलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।
यस्तै संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजंग गुरुङले अब पर्यटन व्यवसायीले पर्यटन बाहेक अरु क्षेत्रको व्यवसायमा पनि विस्तारै ध्यानदिनुपर्ने र अब महिलालाई पनि व्यवसायीक रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य पवित्रादेवी गुरुङले गुरुङहरु पर्यटनमा मात्र नभई हरेक क्षेत्रको व्यवसायमा संलग्न हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा जिटिनका केन्द्रिय उपाध्यक्ष ईश्वर गुरुङ, केन्द्रिय सदस्य अभिनास गुरुङ, तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, प्याराग्लाइडिङको अन्तर्राट्रिष्य खेलाडी युकेश गुरुङ लगायतले साधारणसभाको सफलताको शुभकामना दिनुभएको थियो ।

जिटिन गण्डकीका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव अभिलास गुरुङले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष किसमकुमारी गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो । आज साधारणसभाले महासचिव र कोषाध्यक्षको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।
आजको खबर
३० असार पोखरा तमु धिं नेपाल कास्की जिल्ला अन्तरगत गठित तमु विद्यार्थी समितिले अभिभावक भेटघाट तथा प्रथम बैठक गत असार २७ गते सम्पन्न भएको छ…
अझै पढ्नुहोस्
पोखरा, असार २९ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा संचालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार बाट वरिष्ठ पत्रकार रुद्रबहादुर हितानमगर र पत्रकार इन्दिरा गुरुङ…
अझै पढ्नुहोस्Follow Us
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट हितानमगर र गुरुङ सम्मानित
३० असार २०८३, मंगलवार १२:१६
तमू विद्यार्थी समिती कास्कीको अभिभावक भेटघाट कार्यक्रम सम्पन्न
३० असार २०८३, मंगलवार १२:३८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38