ताजा खबर

गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) को अध्यक्षमा पिताम्बर गुरुङ

   ८ असार २०७९, बुधबार १२:०१      846 views

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) कोे अध्यक्षमा पिताम्बर गुरुङ चयन हुनुभएको छ ।

मंगलबार सम्पन्न जीटीनको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पिताम्बर गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।


अधिवेशनले प्रथम उपाध्यक्षमा बाबुराम गुरुङ, द्धितीय उपाध्यक्षमा बिन्दु गुरुङ, महासचिवमा जय गुरुङ, सचिवमा दीलबहादुर गुरुङ, कोषाध्यक्षमा अविनाश गुरुङ र सहकोषाध्यक्षमा महावीर गुरुङलाई चयन गरेको छ भने सदस्यहरुमा धनबहादुर गुरुङ, अम्बिर गुरुङ, सञ्जिव गुरुङ, सिम्बिर घले, दिलु गुरुङ, रेनु गुरुङ, विकास गुरुङ र सुनिल गुरुङ चयन हुनुभएको छ ।


सो अवसरमा जीटीनका सल्लाहकार तथा नेपाल पर्वतारोहण संघका सचिव टिकाराम गुरुङ ‘डाक्टर हर्क गुरुङ’ पुरस्कारबाट सम्मानित हुनुभयो ।


यसैगरी हेरालो खबरका पत्रकार वेदबहादुर गुरुङ (विवेक) र समुनत मासिक पत्रिकका पत्रकार महेश्वर गजृुरेल जीटीन पत्रकारिता पुरस्कारबाट सम्मानित भए ।


जीटीनले विभिन्न पर्यटकीय संघसंस्थामा निर्वाचित पदाधिकारीहरुलाई खदा लगाई बधाई तथा शुभकामना दिएको छ । पर्यटन क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो ।

डाक्टर ओम गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न अधिवेशनमा विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, वरिष्ठ पर्यटन व्यवसायी ट्रिपल गुरुङ लगायतले जीटीनको कामको प्रशंसा सहित शुभकामना दिनुभयो ।

जीटीनका निवर्तमान अध्यक्ष अम्बिर गुरुङले जीटीनले गर्दै आएको काम र जीटीनको भूमिकाबारे प्रकास पार्नुभएको थियो । जीटीन मजदूर कोष स्थापना, कोभिड पिडीत मजदूरलाइ राहत वितरण लगायत थुप्रै काम जीटीनले गर्दै आएको छ। आफ्नो कार्यकालमा सम्पन्न गर्न नसकिएका कामहरु नयाँ नेतृत्वले गर्नेमा आफु विश्वस्त रहेको निवर्तमान अध्यक्ष गुरु गुरुङले बताउनुभयो ।


नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामा, संघका महासचिव तथा जीटीनका संस्थापन अध्यक्ष कुलबहादुर गुरुङ संघका सचिव तथा जीटीनका संस्थापक महासचिव टिकाराम गुरुङले जीटीनको भूमिका र जीटीनले दिएको अवसरको खुलेर चर्चा गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष पिताम्बर गुरुङले सबैको सल्लाह र सहकार्यमा नेपाली पर्यटन क्षेत्र र गुरुङ पर्यटन व्यवसायीहरुको हक हितका लागि काम गर्ने बताउनुभयो । सोही अवसरमा डाक्टर टेक गुरुङले गुरुङ जातिको इतिहासबारे आफुले गरेको खोज अनुसन्धानबारे प्रकाश पार्नुभयो ।


दुई वर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको अधिवेशनमा जीटीनका पूर्व अध्यक्ष कमला गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284