गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई कार्गो गर्न व्यवसायीको चासो
काठमाडौँ र पोखरापछिको बहु प्रतिक्षित अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थल विधिवत रुपमा गत जेठ २ गतेबाट संचालनमा आएको छ ।

सञ्चालन भएकै दिनदेखि कुवेतको जजीरा एयरलाइन्सले हप्ताको ३ दिन उडान भरि रहेको छ ।
सो उडान आगामी सेप्टेम्बर १५ देखि हप्ताको सातै दिन हुने एयरलाइन्सका नेपाल कार्गो प्रतिनिधि टपलाइन वोर्ल्डवाइड कार्गो प्रा. लि. का प्रबन्ध निर्देशक सुनिल श्रेष्ठले बताउनु भयो ।
साथै टर्कीको पिगासस एयरलाइन्सको समेत नेपाल कार्गो प्रतिनिधि भएकोले काठमाडौँ, कुवेत, साबिया हुदै यूरोप, अमेरिका र क्यानाडामा समेत नेपालमा उत्पादन भएको सामानहरुलाई हवाई कार्गो मार्फत पठाउन सकिने उहाँले बताउनु भयो ।
यसै अवसरलाई मध्यनजर गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुदै हवाई कार्गो मार्फत सामान विदेश निर्यात गर्नको लागि हालै सेक्युर फ्रेट इन्टरनेशनल प्रा. लि. का प्रबन्ध निर्देशक ईश्वरबहादुर गुरुङ र टपलाइन वोर्ल्डवाइड कार्गो प्रा. लि. का सेल्स एण्ड मार्केटिङ मेनेजर राजेन्द्र बानियाँले उक्त विमानस्थलको स्थलगत अवलोकन गर्नुभएको छ ।

अवलोकनका क्रममा उहाँहरुले त्यस क्षेत्रका उद्योगी, व्यवसायीहरुको टोलिसँग अन्तरक्रिया समेत गर्नुभयो । यसै अवसरमा रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, कार्यकारी निर्देशक यादव भण्डारी लगायत कार्यकारिणी समितिका उद्योगी व्यवसायीहरुसँग उक्त विमान स्थल मार्फत हवाई ढुवानी गरि आफ्नो स्वदेशी उत्पादनलाई विदेश निर्यात गर्न सकिने सम्बन्धि छलफल भएको सेक्युर फ्रेट इन्टरनेशनल प्रा. लि. का प्रबन्ध निर्देशक ईश्वरबहादुर गुरुङले जानकारी दिनु भयो ।
साथै उहाँहरुले घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव धिताल, उपाध्यक्ष र महासचिव लगायत अन्य त्यस क्षेत्रका उद्योगी व्यवसायीहरुसँग भेट गरि विमानस्थल मार्फत निर्यात बढाउने सम्बन्धि विभिन्न विषयमा छलफल गर्नुभएको थियो ।
भ्रमण टोलीले विमान स्थलको स्थलगत अवलोकन गरि त्यहाँ रहेको पूर्वाधार र प्रक्रियाहरुको बारेमा समेत जानकारी लिएको छ ।
यसका साथै समान निर्यात गर्दा त्यस नाकाबाट हवाई कार्गो गर्न सम्पूर्ण प्रक्रियाहरुको बारेमा गर्नुपर्ने काम सहित भन्सार एजेन्ट आदित्य शर्मालाई तयारी रहन समेत निर्देशन दिएको छ ।
कम्पनीले मुलुककै गौरव मानिएको भैरहवा विमानस्थलबाट कार्गो सुचारु गर्न कुनै कसर बाकी नराख्ने र भैरहवाबाट जजीरा एयरलाइन्स मार्फत कार्गो सुरु गर्न चहाने व्यावसाहीहरुलाई काठमाडौबाट भन्दा सहुलियत दरमा सेवा दिने कम्पनीमा सेल्स एण्ड मार्केटिङ मेनेजर राजेन्द्र बानियाँले बताउनु भयो ।
अब भैरहवाबाट छिटै नै कार्गो सेवा सुरुहुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनु भयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38