घटस्थापनाको अवसरमा मादी गाउँपालिकामा झण्डा पूजा सम्पन्न
कास्कीको मादी गाउँपालिकाले दशैंको घटस्थापनाको अवसरमा आज गाउँपालिका कार्यालय याङजाकोटमा झण्डा पूजा तथा दशै तिहारको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाले आफनो स्थापनाकालदेखि प्रत्येक वर्ष दशैंको घटस्थापनाको अवसरमा हिमाली क्षेत्रमा हुर्किएको भेडाको साँढ बलि दिएर पूजा गर्दै आएको छ ।
आज पूजापछि आयोजना गरिएको शुभकामना आदनप्रदान कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर अधिकारी क्षेत्रीले सबैलाई दशैंको शुभकामना दिनुहुँदै अहिले मादीमा विकासको लहर चलिरहेको र यसको प्रत्यक्ष लाभ त्यहाँका जनताले अबको केही समयपछि पाइउने बताउनुभयो ।
हिजो स्थानिय सरकार आउनु भन्दा अगाडी मादीको अवस्था कस्तो थियो र आज स्थानिय सरकार आएपछि मादीको मुहार कति फेरिएको छ त्यो जनताले आफै महसुश गरेको भन्दै मादी कास्कीकै विकट कर्णाली क्षेत्र भएता पनि समृद्धिको बाटोमा अघि बढेको बताउनुभयो ।
अहिले आफू जिल्ला समन्वय समितिको सभापतिको हैसियतले जिल्लाको सबै ठाउँमा विकासका योजनाहरुको अनुगमन गर्दा सबै भन्दा धेरै प्रगति मादीमा देखिएको र जिल्ला समन्वय समितिले मादीलाई सधै माया गरेको बताउनुभयो ।

यसै वर्षमात्रै मादीमा थुप्रै झोलुङगे पुल, पक्की पुल निर्माण सम्पन्न भएको र अहिले इदि, वार्दी, मकैखोला लगायतको स्थानमा पक्की पुलको निर्माण कार्य शुरु भईसकेको बताउनुभयो । मादीको कतिपय क्षेत्रमा २०५१ सालमा शिलान्यास गरेको पुलहरु अहिलेसम्म नबनेको तर अहिले मादीको पहिलो स्थानिय सरकारले ठूलाठूला महत्वपूर्ण योजनाहरु समय भन्दा अगाडी नै सम्पन्न गरेर जनताको मन जित्न सफल भएको बताउनुभयो ।
अहिले देशमा ठेकेदारको अस्वस्थ प्रतिशपर्धाले विकास निर्माणको कतिपय कामहरु अलपत्र परेको भन्दै अब सरकारले छिटै ठेक्कपट्ट सम्बन्धी नयाँ ऐन लागु गर्ने तयारी गरेको र त्यसपछि यो लापर्वाही प्रवृत्तिको अन्त हुने बताउनुभयो । हामीले गरेको विकासले जनजिवीकामा परिवर्तन आयो कि आएन त्यसको मुल्याङन नेतृत्व तहमा बस्नेले गर्नुपर्ने भन्दै उहाँले बरु विकासको काम थोरै होस् तर यसबाट प्रभावकारी नतिजा निस्कनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्यहरु नवराज बराल र वृहस्पति सापकोटा, नेकपा मादी गाउँपालिका संयोजक कृष्णराज दाहाल, नेपाली काँग्रेस मादी गाउँपालिका अध्यक्ष देविजंग गुरुङ, गाउँपालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेल लगायतले शुभकानमान व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्नुहुँदै मादी गाउँपालिका अध्यक्ष वदेबहादुर गुरुङले अहिले कोभिडको महामारीका बेला पनि आफूहरुले परम्परालाई निरन्तरता दिनका लागि सामान्य ढंगले झण्डा पूजा गरेको बताउनुभयो ।
नेपाल बहुलजाति र बहुलभाषी मुलुक भएको र यहाँको आफनै साँस्कृतिक विशेषता रहेको तथा मादीको सम्पति पनि यही भिन्न संस्कृति भएको भन्दै उहाँले यही संस्कृति मार्फत नेपालीलाई एकताको सुत्रमा बाँधेको बताउनुभयो ।
मादी गाउँपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा मादी ३ का वडा अध्यक्ष मनबहादुर गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा मादी ७ मा २३ वर्षसम्म करार दरबन्दीमा सेवा गर्नुभएका कर्मचारी मिनबहादुर गुरुङले उमेरहदका कारण अवकास लिनुभएपछि उहाँलाई गाउँपालिकाले दोसल्ला सम्मान पत्र र ४५ हजार रकम सहित विदाइ गरेको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38