ताजा खबर

घर नक्साको विद्युतीय अभिलेखीकरण गर्दै महानगर

   ४ चैत्र २०७५, सोमबार १९:५७      2,212 views

पोखरा महानगरपालिकाले घर नक्सा पासका पुराना कागजातलाई विद्युतीय अभिलेखीकरण सुुरु गरेको छ । साविक लेखनाथ नगरपालिकाको कार्यालयमा अभिलेखीकरणको सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गरेका हुन् ।

अभिलेखीकरणको शुभारम्भ गर्दै महानगर प्रमुख जिसीले प्रविधि मैत्री सेवाले भ्रष्टचार न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

उनले सेवाग्राहीका सबै काम प्रविधि र अनलाइन मार्फत् भए कर्मचारीले सेवाग्राहीबाट लाभका कुरा गर्न नपाउने र त्यसले भ्रष्टचारलाई कम गर्ने उल्लेख गरे । ‘सबै कामहरु सेवाग्राही र कर्मचारी बीचमुखामुख हुनै नपर्ने गरी व्यवस्थित गर्न आवश्यक छ,’ उनले भने, ‘ यसो गर्न सके रकमको बार्गेनिङ समेत हँुदैन ।’

महानगर प्रमुख जिसीले नक्सा शाखामा नक्सा पासका किताबका अभिलेख अव्यस्थित हुँदा मुसाले खाने, सेवाग्राहीले चाहेको बेलामा प्रतिलिपि नपाउने जस्ता समस्याको न्यूनीकरणमा विद्युतीय अभिलेखीकरणले सहयोग गर्ने बताए । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले अभिलेखीकरणले महानगरको कार्यालयलाई पेपरलेस बनाउन सहयोग पुग्ने उल्लेख गरे ।

पौडेलले अनलाइन नक्सापास वडाबाटै सुरु गरेको महानगरले कर तथा राजश्वलाई समेत घरनक्सापाससँग जोडेर शुल्क निर्धारण गर्ने व्यवस्था मिलाउने कार्यलाई अघि बढाउने समेत बताए ।महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले २०७३ अघिका झण्डै ६० हजार घर नक्सापासका किताबलाई विद्युतीय अभिलेखीकरण मार्फत व्यवस्थित गरिने बताए ।

महानगरपालिकाका वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङले एक हजार वर्ग फिट सम्मका घरहरुको नक्सापास वडाका प्राविधिकले गर्न सक्ने गरी अधिकार प्रयोजन गरिएको बताउँदै, योजनाका सम्झौतालाई समेत विद्युतीय अभिलेख गर्ने गरी अगाडि बढाइने उल्लेख गरे । वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले विद्युतीय अभिलेखीकरणले सुशासनमा सहयोग पुग्ने बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284