घुम्टे युवा परिवारको आयोजनामा १ दिने निशुल्क आखा शिविर सञ्चालन गरिदै ।
सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले कात्तिक १९ गते १ दिने निशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ ।

गलकोट नगरपालिका वडा नं ७ को समन्वय मल्मका विभिन्न संघ संस्थाहरु र गलकोट अप्टिकल हटियाको सहकार्यमा १ दिने निशुल्क आँखा शिविर सञ्चालन गर्न लागिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रमा रहेका जनताको आँखाको समस्यालाई मध्यनजर गरि आँखा शिविर सञ्चालन गर्न लागिएको वडा अध्यक्ष थापाले बताउनु भयो । संस्थाको कार्यालय मल्म सप्ताहघाटमा भएको प्रतिनिधीमुलक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले शिविर आँखा सफल पार्न थम्मन थापा सन्देशको संयोजकत्वमा जनप्रतिनिधी, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, कार्यसमिति पदाधीकारीहरु, सल्लाहकार, युवाहरु गरि २७ सदस्यीय शिविर व्यवस्थापन समिति चयन गरेको छ ।
आँखा शरिरको अत्यन्तै संवेदनशिल र महत्वपुर्ण अंग भएकोले आँखाका समस्या भएका व्यक्तिहरुलाई लक्षित गरि कात्तिक १९ गते घुम्टे युवा परिवारको प्राङगड मल्म सप्ताहघाटमा शिविर गर्न लागिएको संस्थाले जनाएको छ । शिविर बिहान ८ बजेदेखि सञ्चालन गरिने बताईएको छ ।
शिविरमा निशुल्क आँखा चेक जाँच गरि रिपोर्ट उपलब्ध गराउने, सामान्य औषधीहरु निशुल्क उपलब्ध गराउने आखाँ डक्टर रुद्र बहादुर खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार समस्याको पहिचान गरि अलि बढि महँगो औषधी र चश्माको लागि भनें विरामी आफैले रकम खर्च गर्नु पर्ने हुन्छ । आँखा शिविरको लागि शिविर स्थलको आन्तरिक तथा बाहिय व्यवस्थापन घुम्टे युवा परिवार, स्थानिय विभिन्न संघ संस्थाहरु र वडा कार्यालयले गर्ने त्यस्तै डक्टर, आवश्यक उपकरणहरु र औषधीहरु गलकोट अप्टिकल हटियाले व्यवस्थापन गर्ने छ ।

आजको खबर
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
१६ श्रावण २०८३, शनिबार २२:२८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38