ताजा खबर

चौथो भू.पू सैनिक रनिङ शिल्ड बास्केटबल प्रतियोगिता शुरु

   १५ चैत्र २०७५, शुक्रबार १९:२७      2,661 views

चौथो गोर्खा भूतपूर्व सैनिक गोल्ड कप रनिङ शिल्ड बास्केटबल प्रतियोगिता पोखरामा शुक्रबारदेखि शुरु भएको छ । गण्डकी प्रदेश भूतपूर्व सेनिक खेलाडी संघ, पोखराको आयोजनामा शुरु भएको प्रतियोगिता २४ टिमको सहभागिता छ ।

पीपीओ पोखरा रामबजारका सीओ कर्णेल प्रतिक शर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् । कर्णेल शर्माले मुख्य रेफ्री विजय मल्ललाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका हुन् ।
पोखरा रंगशालामा भएको बास्केटबल कोर्टमा भएको उद्घाटन खेलमा सेकेण्ड थर्ड गोर्खा राइफल्सले थर्ड फाइभ गोर्खा राइफल्समाथि ४२–३१ को जित निकाल्यो । शुक्रबार उद्घाटनसहित प्रतियोगिताको ६ खेल सम्पन्न भएको छ ।


प्रतियोगिताको अन्य खेलहरुमा फस्र्ट फाइभ गोर्खा राइफल्सले फस्र्ट फोर राइफल्सलाई ६२–२८, थर्ड फोर राइफल्सले फोर्थ फाइभ राइफल्सलाई ५२–३१, फस्र्ट फाइभले थर्ड थ्री राइफल्समाथि ७७–२९, फोर्थ फस्र्टले फाइभ एट राइफल्समाथि ३९–२६ ले हरायो ।


कार्यक्रममा बोल्दै कर्णेल शर्माले गोर्खा सैनिकले भारतीय राष्ट्रिय सुरक्षामा ठूलो योगदान पु¥याएको चर्चा गरे । सेवा निवृत्तपछि पनि खेलकुदको माध्यमद्धारा भारतीय गोर्खा सैनिकहरुले शारिरीक तन्दुरुस्तीमा जोड दिएको बताए । खेलकुदले शरीर र टिम स्पिरिटलाई कायम राख्ने उनको भनाई थियो । कर्णेल शर्माले भारतीय गोर्खा सैनिकहरुको सांगठनिक गतिविधिलाई भारत सरकारले समेत सहयोग र समर्थन गर्ने बताए ।


गण्डकी प्रदेश भूतपूर्व सैनिक खेलाडी संघका अध्यक्ष क्या. प्रेमप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार ले.धर्मबहादुर क्षत्रीले स्वागत र संचारकर्मी रोशनी गुरुङले कार्यक्रम संचालन गरेका थिए ।


शनिबार आठ वटा खेल हुने संघका अध्यक्ष क्या. प्रेमप्रसाद गुरुङले जानकारी दिए । गुरुङका अनुसार प्रतियोगिता चैतको २१ गतेसम्म हुनेछ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

1 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284