ताजा खबर

जलवायु परिवर्तन अनुकुलनमा जुट्नु पर्छ–मुख्यमन्त्री गुरुङ

   २६ मंसिर २०७६, बिहीबार १५:३३      1,324 views

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्व व्यापिरुपमा देखिएको जलवायु परिवर्तनको बढ्दो प्रभावलाई आत्मसात गर्दै अघि बढनुको विकल्प नरहेको बताउनु भएको छ ।

परराष्ट्र मन्त्रालय, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान ÷ नीति अनुसन्धान प्रतिष्ठान र नेपाल पर्वतारोहण सङघद्धारा आयोजित जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक क्षेत्रीय परामर्श गोष्ठीको उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्न सामुहिक प्रयासको खाँचो औल्याउनुभयो ।


हिमाल पग्नले र तालहरु फुट्ने एवम् समुदी तटीय क्षेत्रमा पानीको बहाव बढ्नु जलवायु परिवर्तनको प्रत्येक्ष प्रभाव भएको बताउँदै उहाँले विशेष गरि प्रभावित क्षेत्रका वासिन्दाको संरक्षण र वातावणीय सन्तुलन कायम गर्न सबैको ध्यान पुग्नु पर्नेमा जोड दिनुभयो ।


पृथ्वीमा बृद्धि भएको तापक्रमको कारण अनाबृष्टि, अतिवृष्टिसंगै आउने पैह्रोले पहाडी क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै उर्वर भूमि समेत नष्ट हुँदै गएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले जलवायु परिवर्तन अनुकुलनका लागि तीनै तहका सरकार जिम्मेवार हुनु पर्ने बताउनुभयो ।


गण्डकी प्रदेशका हिमाली क्षेत्रमा पर्ने मनाङ, मुस्ताङ र गोरखा जिल्लामा जयवायु परिवर्तनको प्रत्येक्ष प्रभावदेखिएसंगै प्रदेश सरकारले त्यसको न्यूनिकरणका लागि नीति तथा कार्यक्रमका साथै बजेट विनियोजन गरि अनुकुलनको प्रयास भई रहेको जानकारी दिनुभयो ।


नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष गणेश गुरुङले चैत महिनाको २०,२१ र २२ गते हुने जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक काठमाडौमा हुने पहिलो सगरमाथा सम्वाद वा अन्तर्राष्ट्रिय सम्मेलनका लागि सुझाव संकलन गरिने कार्यक्रमको मुख्य उदेश्य रहेको बताउनुभयो । (रासस)

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284