ताजा खबर

जाउँ है पोखरा अभियान काठमाडौंबाट सुरु

   १७ चैत्र २०७५, आईतवार ०९:५९      2,223 views

सत्र बर्ष अघि सुरु गरिएको जाउँ है पोखरा अभियानलाई यसपटक राजधानी काठमाडौंबाट पुनः निरन्तरता प्रदान गरिएको छ । नेपालका मुख्य चार शहरहरु– काठमाडौं, जनकपुर, चितवन र लुम्बिनीलाई केन्द्रित गरी पश्चिमाञ्चल होटल संघ पोखराले अभियानलाई निरन्तरता दिएको हो ।

चैत १६ देखि २० गते सम्म संचालन हुने अभियान अन्तर्गत संघले काठमाडौंमा शनिबार होटल संघ नेपालसँग मिलेर एक पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमको प्रबद्र्धन नेपाल पर्यटन बोर्डले गरेको हो । सो अवसरमा बोल्दै संघका अध्यक्ष विकल तुलाचनले सरकार–माओवादी द्वन्दको कठिन अवस्थामा संघले जाउँ है पोखरा अभियान संचालन गरेको जानकारी गराए । अभियानले अहिले देश भरि नै आन्तरिक पर्यटन प्रबद्र्धनमा एउटा जागरण सिर्जना गरेको उनले बताए । सो अवसरमा उनले पोखरामा यही चैत २९ गते देखि आगामी बैशाख १ गते सम्म आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि समेत काठमाडौंवासीसँग आग्रह गरे ।

कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष एवं नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य विप्लव पौडेलले संघले जाउँ है पोखरा अभियानपछि भारतीय बजारका लागि चलिए पोखरा अभियान संचालन गरेको स्मरण गराउँदै निकट भविश्यमा बंगलादेशमा समेत यस्तो अभियान संचालन गरिने जानकारी दिए । बढी भन्दा बढी पर्यटकलाई नेपालमा आकर्षिक गर्न सडक र हवाई सेवा जस्ता पक्षलाई सरकारले बढी ध्यान दिनुपर्ने सुझाव उनले सो अवसरमा राखे ।


होटल संघ नेपालकी उपाध्यक्ष सिर्जना राणाले पर्यटन प्रबद्र्धनका लागि निजी क्षेत्रले सरकारको मात्र भर नपरी आफूले पनि केही गर्नुपर्छ भन्ने मान्यता अनुरुप आफूहरु अगाडि बढिरहेको बताइन् । पर्यटनमा पछिल्लो क्रममा युवाहरुमा समेत घुम्ने बानी बढेको भन्दै उनले समग्र पर्यटनले नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको भनाई राखिन् ।


पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार एवं बोर्डका पूर्व सदस्य विश्वशंकर पालिखेले द्वन्द्वले सिंगो नेपाल प्रभावित हुँदै गर्दा पर्यटनका लागि केही गर्नुपर्छ भन्ने मान्यता अनुरुप जाउँ है पोखरा अभियान सुरु गरिएको जानकारी गराए । यो अभियान सिंगो नेपालको आन्तरिक पर्यटन प्रबद्र्धनमा नमुना कार्यक्रम भएको बताउँदै पालिखेले यसलाई थप तिव्रता प्रदान गर्न सरकारले आफ्ना कर्मचारीलाई पैसा दिएर घुम्न जाउ भन्ने खालको पेड होलिडे जस्ता कार्यक्रम सुरुवात गर्न जरुरी भएको सुझाव राखे ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284